माछापुच्छ्रेको भिँडाबारीमा आइसोलेसन

श्रीभद्र पौडेल
जेठ १४, २०७८
dhital isolation

हेमजा । कोरोना संक्रमित बढ्दै गएसँगै मामाछापुच्छ्रे गाउँपालिका अन्तर्गत धितालको भिँडावारी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन निर्माण जारी छ । जिल्ला समन्वय समितिको पहलमा आइसोलेसन निर्माण थालिएको हो । जसका लागि समन्वयले आफ्नो मौज्दात कोषबाट १० लाख बजेट विनियोजन गरेको छ ।

त्यहाँ आइसोलेसन निर्माणका लागि प्रश्रव कोठा, सभाहल, अन्य विभिन्न वडा, डाक्टरले कपडा फेर्ने ठाउँ लगायतका स्थान खाली गराई यतिबेला कार्य भइरहेको हो ।

आवश्यक पूर्वाधार निर्माणसँगै त्यहाँ कार्यरत ३ जना एमबिबिएस डाक्टरलाई संक्रमितको उपचारमा खटाउने तयारी भइरहेको केन्द्र प्रमुख डा. विजय श्रेष्ठले जानकारी दिए ।

‘अबको केही दिनमा सबै मापदण्ड पूरा गरी न्यूनतम १० देखि १५ बेडसम्मको आइसोलेसन सञ्चालनमा ल्याउँछौं,’ डा. श्रेष्ठले भने ।

गाउँका कोरोना संक्रमितको प्राथमिक उपचार कम्तीमा पालिकास्तरमै होस् भन्ने हेतुले आइसोलेसन निर्माणमा सघाएको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखराका मुख्य अस्पतालमा संक्रमितको चाप उच्च रहेकाले सोको व्यवस्थापनका लागि पनि पालिकास्तरमा आइसोलेसन निर्माण सार्थक हुने उनको विश्वास छ ।

जिल्ला समन्वयलेमाछापुच्छ्रे गाउँपालिकाका अलवा अन्नपूर्ण गाउँपालिकाको दिगो महिला सहकारीको भवनमा निर्मित अस्पताल, मादी गाउँपालिकाको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र, रुपा गाउँपालिकास्थित पालिका अस्पताल र पोखरा महानगरपालिकाको मातृशिशु मितेरी अस्पताललगायतमा पनि आइसोलेसनका लागि सहयोग गरेको छ ।

समन्वयले त्यस अन्तर्गत महानगरपालिकाका लागि एकमुष्ठ ६० लाख र गाउँपालिकाको हकमा समान १० लाखका दरले कूल १ करोड रकम विनियोजन गरेको होे ।

समन्वयको टोलीले बिहीबार भिँडाबारीमा निर्माणधीन आइसोलेसन कक्षको निरीक्षण पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width