रहेनन् फुटबल प्रशिक्षक बिल तामाङ

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
bill tamang 1

पोखरा, ४ जेठा । पोखराका फुटबल प्रशिक्षक बिल तामाङको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका ४६ वर्षीय तामाङको मंगलबार निधन भएको हो ।

सहारा हङकङका उपाध्यक्ष रहेका तामाङ गत फागुनमा पोखरा फर्केका थिए । पछिल्लो समय उनी एएफसीको ए लेभल कोचिङ लाइसेन्स प्रमाण लिन स्वदेश आएका हुन् ।

सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप आयोजना गर्दा घरेलु टिम सहारा नीलो क्लबको उनले टिम कम्प्तान थिए । २०६० सालमा आहा गोल्डकपमा प्रशिक्षक सम्हालेका थिए । सहारा एकेडेमीमा उनैलाई पहिलो पल्ट प्रशिक्षक अनुबन्ध गरिएको थियो।

तामाङ ए डिभिजन लिगसम्मको अनुभव सम्हालेका थिए । पाकिस्तानमा हुने नवौं साफ च्याम्पियनसीपमा नेपाली टिमा परेका उनी खेल रद्दपछि सहभागिता अधुरो रहेको थियो । उनले हङकङमै एकेडेमी पनि चलाउँदै आएका थिए । सन् २००१ देखि ०३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएका उनी फुटबल प्रशिक्षणमा फस्ट क्लास भएका थिए । काठमाडौं छँदा उनले अधिकांश समय फ्रेन्डस् क्लबका लागि खेले । पछि आरसिटीका लागि केही समय खेलेका थिए।

पोखरा १३, संगमटोल निवासी  स्वर्गीय तामाङका पिता, श्रीमती र १ छोरा छन्।

यसैबीच, सहारा क्लब पोखराका सक्रिय सदस्य तथा हाल सहारा हङकङका उपाध्यक्ष तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width