पोखरा । नवनियुक्त गण्डकी प्रदेश प्रमुखले लिएको गैरसंवैधानिक अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश अध्यक्ष शंकर बरालले आज विज्ञप्ति निकालेर गण्डकी प्रदेश प्रमुखले सार्वजनिकरुपले गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारीको राजीनामाको माग गर्नु संवैधानिक व्यवस्थाका विरुद्ध रहेको बताएका हुन् ।
गण्डकी प्रदेश सभामा विचाराधीन रहेको पृथ्वीसुब्बा गुरुङको सरकारका विरुद्धको अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति उनले आपत्ति समेत जनाए ।
उनले भनेका छन्, ‘प्रदेश प्रमुखले राष्ट्रपतिको प्रतिनिधिका रुपमा संविधानको रक्षा तथा कार्यान्वयनका लागि तटस्त भूमिका खेल्नुपर्ने हुन्छ । त्यही अनुरुपको कल्पना नेपालको संविधान २०७२ ले गरेको छ । तर त्यो संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर एउटा पार्टीको नेता कार्यकर्ता जस्तै सभामुखको राजीनामा माग्नु तथा संसदमा विचाराधीन अविश्वासको प्रस्ताव निष्क्रिय भएको टिप्पणि गर्नु अशोभनीय र खेदजनक छ ।’
अध्यक्ष बरालले गण्डकी प्रदेशमा ओली सरकारको मतियारका रुपमा रहेको पृथ्वीसुब्बा गुरुङको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल पार्न ओली तथा स्वयं राष्ट्रपति समेत लागिरहेको हुनाले यो सरकारलाई अविश्वासको प्रस्तावद्वारा हटाउनुपर्ने आवश्यकता झन् बढेर गएको उल्लेख गरेका छन् ।
बुधबारमात्र पदबहाली गरेकी प्रदेश प्रमुख सीताकुमारी पाैडेलले प्रदेश सभामा दर्ता भएकाे अविश्वास प्रस्तावकाे औचित्य सकिएको र सभामुखले गल्ती गरेकाले राजीनामा गर्ने बेला आइसकेको बताएका थिइन् ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१