पोखरा । पोखरा २२ चिसापानीस्थित फुर्सेखोलामाथि निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले आफ्नै बजेटबाट बनाउन सबैभन्दा पहिला शिलान्यास गरेको पुलको सोचेभन्दा छिटो निर्माण सम्पन्न भएको बताए । प्रदेश सरकारले बाटो, पुल, खानेपानी, सिँचाइ, कृषि लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै भएको तर स्रोत प्रर्याप्त नहुँदा सबै काम एकै पटक गर्न नसकिएको बताए ।
गण्डकी प्रदेश भौतिक योजनामन्त्री रामशरण बस्नेतले प्रदेश सरकार समग्र विकास निर्माणका काममा लागेकाले बाटो, पुल, खानेपानी लगायत योजना शिलान्यासभन्दा धेरै उद्घाटन गरिरहेको बताए । उक्त क्षेत्रमा पक्की पुल निर्माण भएकाले अब बाटो बनाउन पनि बनाउन सरकार तीव्रताका साथ लाग्ने बताए ।
प्रदेश सांसद राजीब पहारीले प्रदेश सरकारले विकास निर्माणका काममा बढी ध्यान दिएकाले दशांै वर्ष निर्माण रोकिएका काम ३ वर्षमा पूरा गरेको बताउँदै ३ करोड ९८ लाखको लागतमा मोटरेबल पुल निर्माण भएको बताए । उनले सो बाटो सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रुपमा पनि प्रयोग गर्न सकिने तर्क गरे ।
पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडाको सबैभन्दा ठूलो समस्या पुल भएको र अब पुल निर्माणपछि कृषि व्यवसायको उन्नति हुने बताए । उनले उक्त पुलले स्याङ्जा जिल्ला जोड्ने बताउँदै बाटोको स्तरोन्नति गर्नुपर्ने बताए ।
पुल निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सनल जेभी कम्पनीले लिएको थियोे । पुलको लम्बाइ ३८ र चौडाइ ७ मिटर रहेको कम्पनीका प्रोप्राइटर बलबहादुर रानाले बताए ।
कार्यक्रममा बाटो तथा पुल निर्माणका लागि जग्गा दाताहरु टीकाराम बराल, सनतकुमार श्रेष्ठ, अजय गुरुङ तथा पुल निर्माणमा सहयोग गर्ने स्थानीय बासिन्दालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
फुर्सेखोला चिसापानी मोटरेबल पुल निर्माण उपभोक्ता समिति अध्यक्ष मीनबहादुर बास्तोला, केशव पौडेल लगायतले छिटोभन्दा छिटो बाटो पिच गर्नुपर्ने माग गरे ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१