पोखरा । लगातार २१ खेलसम्म अपराजित म्यान्चेस्टर सिटीको यात्रा रोकिएको छ । प्रिमियर लिगमा आइतबार राति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडसँग ०–२ ले हार व्यहोर्यो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले खेलको ३३ सेकेन्डमै ब्रुनो फर्नान्डेजको पेनाल्टीबाट अग्रता कायम गरेको थियो । दोश्रो हाफको ५० मिनेटमा लुके शको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।
हारसँगै सिटीको सबैखाले प्रतियोगिताबाट पछिल्ला २१ खेलसम्मको लामो लगातारको विजयी यात्रामा पनि पूर्णविराम लागेको छ । साथै, प्रिमियर लिगमा लगातार १५ खेलसम्मको विजयी यात्रा पनि आजै समाप्त भएको छ । त्यसैगरी, पछिल्ला २७ खेलसम्मको लामो अपराजित यात्रा पनि सिटीले आफ्नै मैदानमा युनाइटेडका हातबाट अन्त्य गरेको छ ।
पाहुना टोलीका लागि सिटीले २३ मुभ बनाएर ६ अन टार्गेट सट हाने पनि नतिजा निकाल्न सकेन । उसले ६६ प्रतिशत बल आफ्नो पकडमा राखेर ७७१ सफल पास खेले पनि गोल टार्न सकेन ।
हार व्यहोरेपनि सिटी २८ खेलमा ६५ अंक जोड्दै शीर्ष स्थानमा कायम छ । युनाइटेडको भने २८ खेलबाट ५४ अंक छ, जुन सिटीको भन्दा ११ अंक कम हो । तेस्रो स्थानको सेस्टर सिटीसँग १ अंकको अग्रता बनाएर यूनाइटेड लिगको दोश्रो स्थानमा उक्लेको छ ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१