शान्ति समाजको राष्ट्रिय परिषद् पाेखरामा सुरू

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
shanti samaj

पोखरा । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद् बैठक पोखरामा शुक्रबार सुरु भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार परिषद् बैठक उद्घाटन गर्दै लोकतन्त्रमा ठालुतन्त्र हावी भएका कारण बारम्बार संकट आउने गरेको बताए । संकटका अनेकौं घडीमा शान्ति समाजले प्रशंसनीय भूमिका निर्वाह गरेको उनले बताए ।

नेता पौडेलले स्रष्टा रामबाबु दाहालद्वारा लिखित कविता संग्रह ‘मनका स्वरहरु’ को पनि लोकार्पण गरे ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुशासन नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताए । उनले स्वेच्छाचारीताका कारण स्वतन्त्रता खुम्ँिचदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

समाजका सभापति उत्तम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, पूर्व मन्त्री यज्ञबहादुुर थापा, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य रामरिझन यादव, कवि अर्जुन पराजुली, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, सामाजिक अभियन्ता लक्की क्षत्री, कास्की शाखा सभापति अमृत सुवर्णकार, शाखा उपसभापति

तीर्थराज न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कवि बिर्सना बस्नेत थापाले गजल वाचन गरेकी थिइन् ।

कार्यक्रममा शान्ति समाजको रुपन्देही र काठमाडौ शाखालाई उत्कृष्ट शाखा रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथ्य गर्ने दाङ शाखालाई सम्मान गरिएको थियो ।

यसअघि ‘शान्ति हाम्रो अधिकार’ आह्वानसहित शान्ति ¥याली भएको थियो । बिहीबार रक्तदान कार्यक्रम भएको थियो ।

परिषद् बैठकमा शान्ति समाजका जिल्ला शाखाबाट प्रतिनिधि र पर्यवेक्षक गरी ३ सय जनाको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…

hero news full width