पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स फुटबल’ सुरु

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७७
Deshna soprts News

पोखरा । पोखरामा ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथी) सेभेन ए साईड नयाँगल्ली कप २०७७’ सुरु भएको छ ।

पोखरा १ बगरमा क्रियाशिल नयाँगल्ली युवा क्लबको आयोजनामा पुरानो टुडिखेलमा मंगलबारबाट सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म हुनेछ ।

कुल १८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्र बगरले ढिकुरपोखरी युवा सञ्जाललाई १–० गोल अन्तरले पराजित गर्दै गरेको छ । दोस्रो खेलमा रत्नसमाज कस्केरीलाई ब्रदरहुडले ३–१ गोलको अन्तरले पाखा लगायो । एनएमए गण्डकी शाखा र बिटी एफसी बिच भएको खेल ३–३ को बराबरी भएपछि ट्राईबेकरमा बिटीले ४–३ को गोल अन्तरले हरायो ।

यसैगरी मंगलबारको अन्तिम खेलमा संगम फुटबल क्लबले लेकसाईड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । बुधबार पनि पहिलो चरणकै ६ खेल हुने बताउदै विहान ९ बजे पहिलो खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । मंगलबार म्याग्दी समाज युकेका युवा अध्यक्ष अनिल मल्लले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ । उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी दाम्पत्यलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width