पोखरा । खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका ड्ग ग्रान्टले सहयोग गरेका छन् । नेपालमा टेनिस खेलको विकासमा अभियान चलाउने ग्रान्टले सन्ध्याको अध्ययन अध्यापनका लागि पहिलो पटक नगद ८५ हजार ७ सय नगद सहयोग गरेका हुन् ।
कास्कीको टेनिस खेलको विकासमा समेत महत्वपूर्ण योगदान दिएका ग्रान्टले सहयोग गरेको उक्त रकम शनिबार सन्ध्यालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सन्ध्यालाई पठाएको सहयोगका लागि ड्ग ग्रान्टलाई आभार व्यक्त गर्दै बालिकाको अध्ययन अध्यापनका लागि ठूलो सहयोग पुग्ने बताए । राखेप सदस्य गुरुङले कास्की टेनिसले खेलकुदको विकासका लागि योगदान दिएको प्रति प्रंशसा गर्दै बालिकाको भविष्यका लागि सबैले सोच्नु पर्ने बताए ।
यसै गरी नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले बालिकाको भविष्य बनोस बनेरनै ड्ग ग्रान्टले सहयोग गरेको बताए । उनले नेपालको टेनिस खेलको विकासका लागि ड्ग ग्रान्टको सहयोगको जति प्रशंसा गरे पनि कम हुने बताउँदै बालिकको अध्ययन तथा पालन पोषणका लागि गरेको सहयोगका लागि समेत आभार व्यक्त गरे ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले ड्ग गान्टको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बालिकालाई टेनिस खेल सिक्न आफ्नोतर्फ बाट पहल गर्ने बताए । उनले भने, ‘हामी सन्धयाका लागि निकै चिन्तित छौं उनको भविष्य नविग्रोस भन्नका लागि हामी टेनिसको प्लाटफर्म दिन चाहन्छौं ।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लेखा प्रमुख डिवी नेपाली, कास्की जिल्ला टेनिस संघका सचिब नविन चालिसे, कोषाध्यक्ष राजु गुरुङ, सल्लाहाकार बसन्त प्रधान, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित लगायतको उपस्थितिमा उक्त रकम सन्ध्यालाई पालन पोषण गर्दै आइरहेकी विभा नेपालीलाई हस्तान्तरण गरिएको छ ।
प्राप्त रकम सन्ध्याको नाउँमा बैंक खाता सञ्चालन गर्ने र प्राप्त हुने सबै सहयोग उनको अध्ययन अध्यापनका लागि खर्च गरिने भएको छ ।
को हुन सन्ध्या ?
विसं २०७२ सालमा पोखरा रंगशालामा १ महिलाले अलपत्र छोडेर हिंडेकी हुन सन्ध्या । करिव ७ महिनाकी हुँदा बिमारी हालतमा बालिका छोडेर बेपत्ता भएकी ती महिला हालसम्म फर्केकी छैनन । ती बालिकालाई पोखरा रंगशालामा ज्यालादारीमा कार्यरत विभा नेपालीले पालन पोषण गर्दै आइरहेकी छन् । सन्ध्या अहिले ६ वर्षकी हुन लागेकी छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुदकै सहयोगमा उनलाई एसओस बालग्राममा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ ।
को हुन सहयोगदाता ड्ग ग्रान्ट ?
डग ग्रान्ट नेपालको टेनिस खेल विकासका लागि एक अभियानकर्ता हुन् । ‘टेनिस ट्रेकर्स’ को समेत उपाधि पाएका ग्रान्ट नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आफू ट्रेकिङमा जाँदा समेत टेनिस खेलको विकास गर्न स्थानीयलाई जागरुक गर्छन । टेनिसका सबै खेल सामग्री आफू सँगै टे«किङमा लिएर हिड्ने ग्रान्टले सानो ठाउँमा समेत टेनिस खेल्न सकिन्छ भन्ने सन्देश दिंदै नेपाली यूवाहरुलाई टेनिस प्रशिक्षण गर्दै खेल्न हौंसाउँछन । नेपाली चेली विवाह समेत गरेका ग्रान्ट विश्वका धेरै टेनिस खेलाडीहरु सँग नजिकको सम्वन्ध राख्दछन ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१