कांग्रेस केन्द्रीय खेलकुद विभागको सहयोग सहारा एकेडेमीलाई

आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
sahara (1)

पोखरा । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीका साथमा मास्क हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले बिहीबार सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई ती सामग्री प्रदान गरे ।

२५ वटा बल एन ९५ मास्क १ हजार ५ सय वटा सहयोग गरेको विभागले जनाएको छ । उक्त अवसरमा प्रमुख बस्नेतसहितको टोलीले एकेडेमीको निरीक्षण समेत गरेको छ ।

कार्यक्रममा विभाग प्रमुख बस्नेतले क्लबले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका बालकहरुको फुटबल एकेडेमीसहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए ।

अखिल नेपाल फुटवल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लबको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

नेपालको नाम राखेको क्लबलाई हालसम्म एन्फाबाट खासै सहयोग नभएकोमा गुनासो गर्दै अब सहयोग गर्ने वातावरण सिर्जना गर्ने उनले जनाए । उनले सामाजिक क्षेत्रमा समेटेर राम्रो अभियान थालेको क्लबले नेपालकै नमुना एकेडेमीका रुपमा काम गरेकोमा क्लबको अभियानलाई सबैले साथ र सहयोग गर्नु पर्ने बताए ।

क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागतसहित क्लबको बारेमा जानकारी गराए । पूर्व अध्यक्ष विक्रम थकालीले क्लबको बारेमा जानकारी गराएका थिए । टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष वीरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन लगायत सहभागी थिए । क्लबका अध्यक्ष थापाले सहभागीलाई एकेडेमीको बारेमा जानकारी गराउँदै उनीहरुलाई स्वागत गरेको क्लबका सहसचिव सुनिल रानाले बताए ।

कार्यक्रममा तमु धिंका संस्थापक अध्यक्ष कर्मा गुरुङले बस्नेतलाई भांग्रा र कांग्रेस नेतृ सरस्वती गुरुङले फेता लगाएर स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width