पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा १५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । सोको लागि आयोजकले आवश्यक तयारी तीव्र पारिरहँदा मुख्य प्रायोजक सुजल डेरी प्रालिले प्रतियोगिता समग्र पोखराकै चिनारी भएकोले सफल पार्न सम्पूर्ण आग्रह गरेको छ ।
स्वास्थ्यसँग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलअझ प्रगाढ बनाउने विषयमा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले प्रतियोगितालाई सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएको हो ।
मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरुआतदेखि नै प्रायोजन गर्दै आएको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम गर्न साथै पोखरावासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवन्वित महसुस गरेको छ । यसले पोखरा र पोखरावासीको गरिमा अन्तर्राष्ट्रियरुपमा चिनाउँदै आएको छ ।’
अन्तराष्ट्रियस्तरको सिटी म्याराथन अवधारणा अनुरुप मञ्चले सन् २००२ देखि म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको हो । जसमा पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहँदै आएको छ ।
कोभिड प्रभावलाई मध्यनजर गर्दै यस संस्करणमा विभिन्न विधा छुट्टाछुट्टै दिनहरुमा गर्ने गरी विभाजन गरिएको आयोजकले जनाएको छ । जसअनुरुप फागुन १ देखि सुरु हुने प्रतियोगितामा पहिलो दिन ४२.१९५ किमी म्याराथन र महिला हाफ म्याराथन हुनेछ । यस्तै ह्वीलचेयर र दृष्टिविहीन रेस फागुन २२ मा, १० किमी महिलापुरुष दौड चैत १४ मा र ५ किमी छात्रछात्रा दौड २०७८ वैशाख ४ गते हुनेछ ।
खु्ला म्याराथन उपाधि जित्ने धावकले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै दोस्रोले १ लाख, तेस्रोले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पाउने छन् । महिलातर्फ हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १ लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । १० किमी पुरुष र महिला दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने छन् ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय बुद्धिचालमा एकराज प्रथम
फिस्टेल एसइई कपमा पहिलो दिन १६ खेल
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१