पाेखरा । काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तगर्त बिहीबार भएकाे खेलमा पराजित भएसँगै गण्डकी प्रदेश प्रतियाेगिताबाट बाहिएिको छ।
उसले अन्तिम खेलमा एपीएफसँग हार बेहोर्दै जारी प्रतियोगिताको यात्रामा पूर्णविराम लगाएको हो। प्रतियोगिता अवधिभर गण्डकीले समूह चरणका चार खेलमा एक जित निकाल्यो भने तीन खेलमा पराजय भोग्यो।
मूलपानी मैदानमा भर्खरै सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले गण्डकीविरुद्ध ६ विकेटको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीका सबै खलाडी चार ओभर बाँकी रहँदै १०६ रन बनाएर बाहिरिँदा एपीएफले १०७ रनको लक्ष्य पाएकोे थियो।
उसले उक्त लक्ष्य १७ ओभर तीन बलमा चार विकेट गुमाएर पूरा गरेको छ। एपीएफको जितका लागि आरिफ शेख र सुमित महर्जनले ७३ रनको साझेदारी गरे। जहाँ शेखले ७८ रन बनाए भने महर्जनले १८ रन जोडे।
ओपनिङमा आएका सुवास खकुरेलले भने रन बनाउन सकेनन्। यता गण्डकीका चन्द्र र विशाल पौडेलले समान २–२ विकेट लिए।
गण्डकीको ब्याटिङका क्रममा ओपनर समिर कँडेलले ३६ रन बनाए भने विष्णु पाण्डे र दिपेश खत्रीले समान १५–१५ रन जोडे। गण्डकीलाई अतिरिक्त १२ रन प्राप्त भयो।
बलिङतर्फ एपीएफका कमल ऐरीले तीन मेडन राख्दै ११ रन दिएर चार विकेट लिए। शरद भेषवाकर र अभिनास बोहराले समान २–२ विकेट गिराए।
आजको जितसँगै एपीएफले दास्रो खेलमा दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।
समूह एबाट प्रदेश १ यसअघि नै बाहिरिसकेको छ। आजको खेलमा गण्डकी बाहिरिएपछि अब सेमीफाइनल प्रवेशका लागि आर्मी क्लब, एपीएफ र कर्णाली प्रदेश प्रतिस्पर्धामा छन्।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१