पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले प्रस्ताव गरेको संकल्प प्रस्तावका बुँदाहरुमा सहमति जुटेको छ । प्रतिपक्षीले १३ बुँदे प्रस्ताव तयार गरेका थिए । २ दिनसम्म सर्वदलीय बैठक बसेर प्रस्तावमाथि सहमति खोजिएको हो ।
‘भाषा सुधार्ने निर्णय भएको छ । भाव उही राखेर तिनै बुँदाहरुमा सहमति जुट्यो,’ कांग्रेस सांसद तथा सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले भने, ‘सत्ताधारी पार्टीले पनि प्रतिपक्षीका एजेन्डालाई समर्थन गरेका छन् । संकल्प प्रस्ताव साझा भएको छ ।’ संकल्प प्रस्ताव शुक्रबार नै संसद सचिवालयमा दर्ता हुनेछ । तर त्यसअघि पनि प्रारम्भिक कथन तयार गर्न शुक्रबार बिहानै बैठक बोलाइएको छ । बिहानको बैठकपछि कार्यालय समयमा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्ने सहमति भएको खड्काले बताए ।
उनका अनुसार संकल्प प्रस्तावको प्रस्तावकमा विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल हुनेछन् भने त्यसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रमुख सचेतक मायानाथ अधिकारी, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, जनता समाजवादीका हरिशरण आचार्य र नेकपाकै अर्की सांसद गायत्री गुरुङले समर्थन गर्नेछन् । नेकपा प्रमुख सचेतक अधिकारीले मुल कुरामा सहमति जुटेको बताए । ‘भाषिक कुरामा तलमाथि होला । सैद्धान्तिक हिसाबले सहमत भयौं,’ उनले भने, ‘शुक्रबार बिहान बैठक बसेपछि सबै तयार हुन्छ । अनि एकै भएर दर्ता गर्छौं ।’
निजी अस्पतालमा गरिएको उपचारको खर्च समेत सरकारले बेहोर्नुपर्ने, सबै जिल्लाबाट कोरोना परीक्षण गराउनुपर्ने, बागलुङ र नवलपुरको पिसिआर मेसिन तत्काल प्रयोगमा ल्याउनुपर्ने, सरकारी अस्पतालहरुमा पूर्वाधार र उपकरण थप गर्नुपर्ने, संयुक्त संसदीय समिति बनाएर कोभिड १९ र स्वास्थ्यका मौलिक हकसम्बन्धी अनुगमन, निरीक्षण र सहजीकरण गर्नुपर्ने लगायत माग राखिएको छ । यसबाहेक स्वास्थ्य क्षेत्रको रिक्त दरबन्दीमा तत्काल पदपुर्ति गर्नुपर्ने र आवश्यक्ता अनुसार थप दरबन्दी सिर्जना गर्नुपर्ने, विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्य जनशक्तिलाई प्रदेश र सम्बन्धित अस्पतालमै रहका लागि अभिप्ररित गर्ने, संक्रामक रोगक अस्पताललाई उच्च प्राथमिकतामा राखेर सबलीकरण तथा स्तरोन्नति गर्नुपर्ने माग पनि अघि सारिएको थियो ।
सरकार पक्षले भने अधिकांश मागहरु अहिले नै कार्यान्वयनको चरणमा रहेकोले केही भाषिक परिमार्जन खोजेको थियो । कोभिडको नयाँ स्वरुपको परीक्षणको व्यवस्था र संक्रमितको उपचार, खोपको चयन, उपलब्धता, ढुवानी लगायतका लागि विशेषज्ञ सम्मिलित कार्यदल बनाउनुपर्ने, पहिलो पटक आउने खोपको वितरणका लागि मापदण्ड बनाएर व्यक्ति वा समूहको पहिचान गर्नुपर्ने, थप खोप खरिदका लागि बजेट लगायतको व्यवस्थापन मिलाउनुपर्ने, खोप ढुवानीका लागि थप सवारी साधनको व्यवस्था गर्नुपर्ने प्रतिपक्षीको माग छ । यसअघि कांग्रेसले नै दर्ता गराएको कोभिड सम्बन्धी संकल्प प्रस्ताव साझा बन्न नसकेपछि संसदबाट बहुमतले अस्वीकृत गराइएको थियो । संकल्प प्रस्ताव सदनबाट पास हुनेबित्तिकै कार्यान्वयनमा लैजानुपर्छ ।
यसबाहेक, बाँकी ३ वटा माग भने जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा पेस हुनेछ । बजेटको कार्यान्वयन सम्बन्धी एजेन्डामा कांग्रेस दलकी सचिव ललितकला गुरुङले प्रस्ताव गर्ने छन् भने कांग्रेसकै भागवतप्रकाश मल्ल र जनता समाजवादीकी सांसद धनमाया लामा पोखरेलले समर्थन गर्ने छन् । बेरोजगारी र महंगी सम्बन्धी प्रस्ताव जनता समाजवादी पार्टीका सांसदले गर्ने छन् । त्यसको समर्थन कांग्रेसले गर्नेछ ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव कांग्रेस र जनता समाजवादीले मात्रै दर्ता गराउने छ । आगामी बैठक पुस २६ गतेका लागि डाकिएको छ । २६ र २७ गते जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल र निर्णयार्थ पेस हुनेछ भने संकल्प प्रस्ताव त्यसपछिको एक साता छलफल गरिने छ ।
गएको मंसिर ३० गते कांग्रेस र जसपाले ४ वटा बुँदामा संसदमा छलफल गर्नुपर्ने माग सहित प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको लागि निवेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनकै आह्वानमा मंगलबार विशेष अधिवेशन सुरु भएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१