नयाँबजारमा योमरी प्रतियोगिता हुँदै

आदर्श समाज संवाददाता
पौष १७, २०७७
yomari1

पोखरा । नेवाः मिसा पुच कास्कीले पोखराको नयाँबजारमा ‘योमरी प्रतियोगिता’ गर्ने भएको छ । नयाँ पुस्तालाई योमरीबारे जानकारी गराउन र नेवारी संस्कृति जोगाउन प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक संगिता ब्रजाचार्यले जानकारी दिइन् ।

योमरी प्रतियोगिताले समुदायबीच आत्मीयता बढाउने नेवा मिसा पुच कास्कीकी अध्यक्ष मेनुका श्रेष्ठले बताइन् । ‘अहिलेको महामारीको समयमा एकखालको आत्मीयता पनि बढ्छ सुरक्षा अपनाएर कार्यक्रम गर्दै छौं,’ उनले भनिन्,‘ युवा समुदायमा पनि योमरीबारे जानकारी हुन्छ ।’

प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ वटै वडाका मिसा पुच सहभागी हुँदै छन् । प्रतियोगिता विजेतालाई २ हजार ५ सय नगद, दोस्रो पुरस्कार २ हजार, तेस्रो १ हजार र उत्कृष्टलाई ५ सय रुपैयाँ राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width