पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स, गण्डकी प्रदेशले बुधबार लेकसाइडमा रक्तदान भएको छ । सडक महोत्सवको २२औं संस्करण तथा अंग्र्रेजी नयाँ वर्ष २०२१ को आगमनको सन्दर्भमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश पोखरेलले बताए । रक्तसञ्चार केन्द्र, पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी तथा उनको टिमले सहयोग गरेको थियो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले पहिलो रक्तदाता ओमप्रकाश सिग्देललाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिन् । नाट्टाका सदस्य, अन्य पर्यटन व्यवसायिक संस्थाका सदस्य, सशस्त्र प्रहरी बलका जवान लगायतबाट ६० युनिट रगत संकलन भएको छ ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देलको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले गरेकी थिइन् । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले रक्तदान कार्यक्रमका लागि आयोजक तथा रक्तदातलाई धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१