पोखरा । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन् । उनले पुस १ गतेबाट कार्यभार सम्हालेका छन् ।
भण्डारीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको फाइनान्सले बताएको छ । यस अघि कुमारी बैंकमा कार्यरत उनी केही समय अघि स्वेच्छिक अवकाश लिएर त्यहाँबाट बाहिरिएका थिए ।
कुमारी जानुअघि उनी काष्ठमण्डप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । काष्ठमण्डपसँग सेती फाइनान्स, काँक्रेबिहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारीमा गाभ्न भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका भण्डारीको मर्जरमा छुट्टै दक्षता छ ।
बेस्ट फाइनान्समा पनि उनलाई मर्जर गराउने एउटा सर्तसहित लगिएको हो । बेस्ट फाइनान्समा दोस्रो तहका गैरआवासीय नेपालीहरुको लगानी छ । भण्डारीलाई एक वर्ष भित्र फाइनान्सको खराब कर्जा ५ प्रतिशत भन्दा तल झार्नुपर्ने सर्तसहित नियुक्त गरिएको हो । अहिले फाइनान्सको १२ प्रतिशत हाराहारी खराब ऋण रहेको छ ।
यस बाहेक नोक्सानीमा रहेको संस्थालाई नाफामा लैजानुपर्ने सर्त पनि सञ्चालक समितिले राखेको छ । अहिले सञ्चिति नोक्सान ३० करोड छ । यो ऋणको नोक्सानी ब्यवस्थापन गरिसकिएको छ । साथै संस्थालाई फाइनान्स कम्पनी वा क्षेत्रीय स्तरको विकास बैंकसँग गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गराउनुपर्ने जिम्मा पनि सञ्चालक समितिले उनलाई दिएको बताइएको छ ।
संस्थाको अहिले १४ वटा शाखा कार्यालय छन् । करिब ३ अर्ब निक्षेप र साढे २ अर्ब ऋण लगानी रहेको छ । यस अघि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
ग्रिन बैंक र फिस्टेलबीच सम्झौता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१