पोखरा । देशमा धेरै पटक आन्दोलन र जुलुस भए । अधिकांश यी जुलुसमा कुनै न कुनै संगठन हुन्थ्यो । उनीहरुले परिचालन गरेका कार्यकर्ताले अगुवाइ गर्थे । सर्वसाधारण ती कार्यकर्ताका पछिल्तिरका समर्थक हुन्थे । हजारौंले यस्तै आन्दोलनमा आफूलाई गुमाए । त्यतिबेलाका घाइतेहरु अहिले पनि उपचाररत् छन् । ठूलो संघर्षपछि आएको संघीयता र गणतन्त्र वयस्क पनि भएको छैन । तर व्यवस्थाप्रतिको आक्रोश दिनहुँ बढ्दो छ । हातमा राष्ट्रिय झन्डा । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्म राजाहरुको फोटा । संघीयता र धर्मनिरपेक्षताविरोधी नारा लेखिएका प्लेकार्ड लिएर पोखरामा बुधबार राजसंस्थाको माग गर्दै हजारौं सवारीसाधनमा सबैजसो उमेर समूहका नागरिकहरुको जुलुस निस्कियो ।
मोटरसाइकल, कार, बस लगायत सवारीसाधनमा चढेर हजारौं सहभागीहरु पोखरा नगर परिक्रमा गरे । देशलाई संकटबाट जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै प्रदर्शन गरेका हुन् । अहिलेको व्यवस्था पूर्णतः असफल भएको सहभागीहरुको आरोप छ ।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गणतन्त्र जनतालाई भ्रम छर्ने बाटोमात्रै भएको आरोप लगाए । ‘राजसंस्था र धर्मलाई विस्थापन गरेदेखि नै देश संकटमा छ । माटो सुहाउँदो व्यवस्था भएन भने टिक्दैन भन्ने हामीलाई पहिले नै थाहा थियो,’ उनले भने, ‘१४ वर्षसम्म त हामीले गणतन्त्र हे¥यौं नि । तर यही व्यवस्थाको विरोधमा स्वःस्फूर्त यत्रो जनमानस निस्कियो । अब जतिसक्दो छिटो राजसंस्था चाहिएको छ ।’
अहिलेको अवस्थाको मूल निकास राजसंस्था भएको उनको दाबी छ । ‘हाम्रो इतिहास हिजो विश्वमा जस्तो थियो, त्यो फर्काउनु छ । कसैको दलाल र गुलाम भएर बाँच्न सक्दैनौं । वीर गोर्खाली भनेर फेरि चिनाउनु छ,’ उनी भन्छन्, ‘अझै पनि राजसंस्था फर्काउन सकिएन भने देश जोगिने देखिएन । यसको मुख्य निकास वैदिक सनातन धर्म र राजसंस्था नै हो ।’
देशव्यापीरुपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा ¥याली र आमसभा गर्ने अभियानअन्तर्गत बुधबार पोखरामा प्रदर्शन गरिएको हो । यस्तै प्रदर्शन केही समयअघि बुटवलमा पनि भएको थियो । सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाए । बाजागाजासहित ¥यालीका सहभागीले गणतन्त्र चाहिँदैन भन्दै राजाको माग गरे । देशव्यापीरूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली र सभा भइरहेकोमा पोखरामा पश्चिमाञ्चलवासी नेपाली जनताहरुको नाममा मोटरसाइकल र्यालीसहित चिप्लेढुंगामा सभा भएको हो । ‘राजा ल्याऔं, देश बचाऔं,’ ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाइएका थिए । पोखराको अमरसिंहचोकबाट सुरु र्याली पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्र बैंकचोक, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगामा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारका गतिविधिको आक्रोशले जनलहर उर्लिएको बताउँछन् । ‘कि संविधानको व्यवस्था अनुसार सरकार चल्नुपर्छ, नभए राजनीतिक नैतिकता आधारमा चल्छ । अर्को आमनागरिकको सरोकारका आधारमा चल्नुपर्छ । यो सरकार तीनवटै कुराबाट चुकेको छ,’ उनले भने, ‘जनताले दिएको मतको सरकारले दुरुपयोग गरिरहेको छ । जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारले वास्ता गरेन । त्यसैको आक्रोश पोखरामा देखियो ।’ यस्ता गतिविधि देखिनु सरकारको नालायकीपनाको रुपमा अथ्र्याएका छन्, केसीले । ‘जनताप्रति सरकार अनुत्तरदायी हुँदा यो अवस्था आयो । सरकार असफल हुँदा अहिलेको सत्तामात्रै फेल हुँदैन, व्यवस्था संकटमा पर्छ, केसीले भने, ‘सरकारले जसरी अराजक सत्ता सञ्चालन गरेको छ । यसले वितृष्णा बढाएको छ । काँग्रेसले जिम्मेवारपूर्ण ढंगले समस्या समाधान गर्नुपर्छ । नत्र हिजो जसलाई अस्वीकार गर्यौं, उसैलाई स्थापित गर्ने दिन पनि नआउँला भन्न सकिँदैन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की अध्यक्ष कृष्ण थापा परिवर्तन नस्वीकार्ने समूह र राजनीतिक पार्टीसँग ‘फ्रस्ट्रेसन’ भएकाहरुले र्याली निकालेको तर्क गर्छन् । ‘नेपाली जनतामा हिजोदेखि नै सत्ताको विरोधमा लाग्ने मनोविज्ञान छ । यथास्थितिसँग रमाउन चाहने र परिवर्तन स्वीकार्दै नस्वीकार्ने समूह छ,’ उनले भने, ‘त्यसबाहेक पार्टीहरुसँग जनताको जुन अपेक्षा थियो, त्यो पूरा नभएको पनि होला । कोरोना कहरले मान्छेहरुमा फ्रस्ट्रेसन पनि छ । सबै हिसाबले यो कार्यक्रममा बल पुग्यो ।’
र्यालीले सरकार र राजनीतिक पार्टीलाई सुधारको लागि सुझाव दिएको उनले बताए । तर व्यवस्थामाथि भएका प्रहारमाथि सरकार र दलले प्रतिवाद गर्नुपर्ने थापाको भनाइ छ । ‘यो गलत छ । सरकार कसैको निगाहबाट आएको होइन । जनताको मतबाट बनेको हो । मन परेन भने आउँदो चुनावमा फालिदिए भयो । त्यतिबेलासम्म कुर्नैपर्छ । कुनै शक्तिले फाल्न सक्दैन,’ उनी भन्छन्, ‘यस्ता गतिविधिले हद नाघ्यो भने पार्टीहरुले प्रतिवाद गर्नुपर्छ । सजायँ दिने अधिकार जनताकै हातमा छ । उनीहरुले दिन्छन् । तर गलत शक्तिलाई खेल्ने ठाउँ दिनुहुँदैन ।’ प्रदर्शनमा शिव सेवा, राष्ट्रिय प्रजातन्त्र पार्टी, कम्युनिष्ट, काँग्रेस र अन्य दलका नेता कार्यकर्ता समेत सहभागी थिए । नेकपाको विवाद र सरकारले नागरिकको स्वास्थ्य सेवाप्रति गरेको वेवास्ताका कारण सत्ताविरोधीहरुको जमात बढेको छ । यो प्रदर्शनलाई धेरैले सत्ताप्रतिको आक्रोश र व्यवस्थामाथिको असन्तुष्टिका रुपमा लिएका छन् ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१