१. गण्डकी प्रदेश सभाको छैटौं तथा यो वर्षको बर्खे अधिवेशन सोमबार देखि सकिएको छ । जेठ ११बाट सुरु भएको अधिवेशनले आव २०७६ को बजेट पारित साथै १४ वटा विधेयक पारित गरेको छ । गण्डकी प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । त्यस यता कुल ४६ वटा विधेयक पारित भएका छन्
२. विधायन समितिमा दुई वर्ष भन्दा बढी रोकिएर बसेका प्रदेशसभा सचिवालय विधेयक अहिले पारित भयो । यसैगरी प्रदेश विकास समिति, विकास प्रधिकराण, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रदेश कृषि व्यवसाय पारित भएको छ । विज्ञान तथा प्रविधि प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना गर्ने बाटो पनि खुलेको छ ।
३. समयमै प्रदेशको नामाकरण र राजधानी तोक्ने कार्य टुंग्याउन सफल रहेको गण्डकी प्रदेशलाई अनावश्यक विवादमा अल्झेर बस्नु परेको अवस्था छैन । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि अधिकांश निर्णयहरुमा प्रतिपक्षी पार्टीको रचनात्मक सहयोग रहँदै आएको छ । यसपटक कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र कोरोना नियन्त्रणको विषयलाई लिएर सदन अवरुद्ध गरेको थियो भने प्रदेश सभामा पहिलो पटक संकल्प प्रस्ताव पनि दर्ता भएको थियो ।
४. प्रदेशको शान्ति, सुरक्षा लगायत विदेशी लगानी भित्र्याउने आवश्यक विधेयकहरु पारित हुँदा प्रदेश सरकारलाई काम गर्न भईसकेको छ । यसका लागि आवश्यक नियमावली बनाउन स्वीकृत भएको छ । यही शैक्षिक सत्रबाट पढाई सुरु गर्ने तयारी छ । यसैगरी महालेखाले देखाएको वेरुजु फस्र्यौट गर्ने कार्य पनि धमाधम भईरहेको जानकारी दिईएको छ ।
५. कामकाजमा संघीय सरकारभन्दा गण्डकी प्रदेश अगाडि रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दावी छ । संघीय लगायत अरु प्रदेश सरकारहरु विभिन्न विवादमा फसिरहेका छन् वेला गण्डकी प्रदेश त्यो अवस्थाबाट मुक्त रहनु राम्रो हो । दुःखद् कुरा यो वर्ष गण्डकी प्रदेशले सबै भन्दा ठूलो प्राकृतिक प्रकोप भोग्न पर्यो । अविरल वर्षाका कारण बाढीपहिरोबाट ठूलो धनजनको क्षति भयो । वाढी, पहिरो पीडितहरुलाई आवश्यक राहत पुर्याउने र व्यवस्थित गर्ने काम अझै बाँकी छ । प्रदेश सरकारले छिटो पूरा गरोस् । वेलैमा जिम्मेवारी पुरा गरेर यसमा पनि नमूना देखाओस् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१