पोखरा । समाजसेवी चन्द्रबहादुर गुरूङ र दूरपति गुरूङले घरभाडा छुट दिएका छन् । लेकसाइडस्थित आफ्नो घरमा व्यवसाय गर्दैआएकाहरुलाई कोभिड १९ ले पर्न गएको असर मध्यनजर गर्दै घरभाडमा छुट दिने घोषणा गरेका हुन् ।
घरभाडा छुटअन्तर्गत गुरूङ दपतीले २ महिनाको सत्प्रतिशत, ६ महिनाको भाडामा ५० प्रतिशत छुटका साथै ६ महिनाको भाडा डिपोजिटबाट काटिने गरी छुट सुविधा दिएका हुन् ।
उनको घरमा पोखराका युवा व्यवसायी तथा विद्यार्थी नेता आशिक गुरूङको होटल माउन्टेन टप संचालनमा छ। लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् । व्यवसायबाट पलायन हुनुपर्ने अवस्था समेत देखिएको र आफूहरू पनि पहिला यही व्यवसायमा लागेको भएर व्यवसायमा पर्न गएको असरलाई ध्यानमा राखेर छुट दिएको घरधनी चन्द्रबहादुर गुरूङले बताए।
घरबेटीले छुट दिएसँगै सोही घरमा अन्य व्यवसाय गर्नेहरूलाई पनि आफूले छुट दिएको जानकारी आशिक गुरूङले दिए ।
जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति समेत रहेका उनले कोभिड–१९ का कारण पछिल्लो समयमा विश्वको अर्थतन्त्र नै ओरालो लागेको, स्वयम् विश्व स्वास्थ संघठनले नै अब विश्व सबै कोरोना भाइरस सँगसँगै बाँच्न सिक्नुपर्ने भनेको अवस्थामा लकडाउन मात्रै समस्याको समाधान नरहेको र सबै क्षेत्रलाई सचेत तथा सावधानी अपनाएर व्यवसाय संचालन गर्न दिनुपर्ने कुरामा जोड दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१