दमौली । व्यास–६ चारघरेकी बुद्धिमाया बिक जनप्रतिनिधि हुन् । उनी हरेक दिन छरछिमेकको मेलापात जान्छिन् । आफ्नो दैनिकी सकेपछि सामाजिक कार्यमा व्यस्त हुन्छिन् । रोपाइँ जाँदाहोस् वा भैंसी हेर्न गोठालो जाँदा समेत ‘नमस्कार’ भने पाइरन्छिन् । वडाको बैठक हुँदा वडा कार्यालय पनि पुगिसक्छिन् । नभए मेलापात र गोठाला जान व्यस्त हुन्छिन् ।
‘काम गरेर थाकिँदैन, काम गरेर खाने मान्छे हुँ’ उनले भनिन्, ‘भैँसी छन् । यिनैको घाँस, दानापानी गर्दा गर्दै दिन गएको पत्तै हुन्न ।’ उनले थपिन्, ‘बैठक हुँदामात्रै वडा कार्यालय जान्छु । नत्र यही घरधन्दामा दिन बित्छ ।’ चुनाव लड्दा गरेका प्रतिबद्धता विस्तारै पूरा हुँदै गएछ,’ सन्तोष हुँदै उनले भनिन् ।
‘चुनाव लड्न खर्च जुटाउनु पर्यो । प्रचारप्रसार गर्नुपर्यो । ३० हजारको पाडो बेचेँ र चुनाव लडेँ,’ उनले सम्झँदै भनिन्, ‘चुनावमा मेरो ६० हजार खर्च भयो । यहीँ मेस चलेको थियो । प्रचारप्रसारमा हिंडेका कार्यकर्तालाई खाना खुवाउनुपर्यो । झण्डा व्यानर पनि बनाउनुपर्यो ।’ उनले अहिले २ भैँसी ४ वटा बाख्रा पालेकी छिन् ।
बुद्धिमायामात्र होइन, व्यास ५ की लक्ष्मी बिकको पनि दैनिकी त्यस्तै छ । उनी वडा ५ की वडा सदस्य हुन् । बंगुरफर्म चलाएकी छन् । नगरपालिका, वडा कार्यालय तथा सार्वजनिक कार्यक्रम हुँदामात्र जाने गर्छिन् । नत्र उनको दैनिकी बंगुर स्याहारसुसारमै समय बित्ने गर्दछ ।
तनहुँका १० वटै स्थानीय तहका जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध छन् । चुनाव लड्नुअघि कृषि क्षेत्रमा रहेकाले जनप्रतिनिधि भइसकेपछि पनि उक्त कामलाई निरन्तरता दिएका हुन् । व्यास नगरपालिकामा रहेको अधिकांश जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध रहेको उपप्रमुख मीरा जोशीले बताइन् । उनले भनिन्, ‘जनप्रतिनिधिमा पुरुषभन्दा महिला बढी कृषि क्षेत्रमा आबद्ध छन् । अधिकांश वडा सदस्यहरु रहेका छन् ।’
उनले थपिन्, ‘वडा अध्यक्ष पनि छन् । आफ्नो जनप्रतिनिधिको काम सकेर उनीहरुले कृषि क्षेत्रमा व्यस्त हुन्छन् ।’ व्यासमा मात्र होइन, तनहुँका १० वटै स्थानीय तहका अधिकांश जनप्रतिनिधि कृषि क्षेत्रमा आबद्ध छन् । स्थानीय तहको चुनावबाट जनप्रतिनिधिमा वडा सदस्यहरु धेरै रहेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१