प्रधानमन्त्रीले मन्त्रीलाई डाकेर भने परिस्थिति जटिल छ, कित्ता रोजिहाल्नुहोस्

एजेन्सी
असार २१, २०७७
hhhhh

काठमाडौं, २० असार । नेकपा भित्रको विवाद चुलिएकै अवस्थामा प्रधानमन्त्री केपी ओलीले मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेका कारण मन्त्रीहरुलाई आफ्नो कित्ता छुट्याउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन् । ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग सुरुमै ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए। प्रधानमन्त्रीपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width