बागलुङ, २० असार । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।
प्रकृतिसंग रमाउन खोज्ने विश्वका पर्यटक आकर्षित गर्ने काम अहिले अन्तिम चरणमा छ । विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएपछि थला परेको सर्यटन व्यवसायलाई टेवा दिने गरी आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङ नगरपालिकाले तयारी गरिरहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारी जोड्ने ५६७ मिटर लामो बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण सकेर हस्तान्त्रणको तयारीमा छ । पुलमा रातिको समयमा वारपार गर्न सहज होस भन्ने उद्देश्यले लाईट जडानको काम भैरहेको छ । सिंगला स्पानमा निर्माण भएको विश्वकै लामो पुललाई थप अर्कषक वनाउन लाईट जडान गर्न लागेको नगरपालिकाले जनाएको छ । बन्दावन्दीको कारण पुलको औपचारीक उद्घाटन गर्न समस्या भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलले वताए ।
५६७ मिटर लामो सिंगल स्पान प्रविधिको विश्वकै सबैभन्दा लामो झोलुङ्गेपुल ठेकेदार कम्पनीले सम्झौता मिति भन्दा एक वर्ष अगाडि नै सम्पन्न गरेपनि कोरोना भाइरस कोभिड १९ का कारण देशमा बन्दाबन्दी भएपछि पुल हस्तान्तरण र उद्घाटनको काम भने रोकिएको छ । पुलले बागलुङको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने होटल व्यवसायी सञ्जयकुमार श्रेष्ठले वताए ।
पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकाका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष जीवन आचार्यले वताए ।
स्विजरल्याण्डमा सिंगल स्पानको ४९७ मिटर लामो झोलुङ्गेपुल बिश्व कै सबैभन्दा लामो मानिन्थ्यो । पुलमा २८ वटा लठ्ठा जडान गरिएको छ भने पुलमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ । पुलको प्रति वर्गफिट चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको रहेको निर्माण कम्पनी थानी बीएलटी हिमशिखर कन्स्ट्रक्सनले जनाएको छ । कालिगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको निर्माण मम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।
कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि बागलुङमा वनेको पुल खुला प्रकृतिको पहिलो हो ।चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै नभई विश्वकै लामो पुल रहेको बागलुङ नगर पालिकाले जनाएको छ । नगरपालिकाले पुललाई गिनिज वुक अफ वल्ड रेकडमा दर्ता गर्ने प्रक्रिया समेत अगाडि वढाएको छ ।
Related News
सम्बन्धित समाचार
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१