पोखरा, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पोखरा –१९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोला विरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए। उनीहरु नेकपाका संगठन सम्वद्ध व्यक्तिहरु हुन्।
उजुरी आएपछि अनुसन्धान गर्न पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए। ‘साइबर क्राइमको उजुरी आएपछि हामीले साइबर अपराध हेर्ने विभागमा पठायौं, एसपी श्रेष्ठले भने, ‘पुर्जी लिएर आज पक्राउ गरेका छौं, अनुसन्धानका लागि पनि माथि नै पठाउँछौं।’
Related News
सम्बन्धित समाचार
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१