१. आफु जन्मे हुर्केको ठाउँको सम्झना गर्नु, गर्व गर्नु र त्यसको विकासमा योगदान पुर्याउनुमानिसको धर्म हो, कर्तव्य पनि हो । कतिले यसलाई वेवास्ता गर्छन्, कतिले चाहेर पनि योगदान पु¥याउन सक्दैनन् । तर जसले गर्वसाथ सम्झन्छन् र योगदान पनि पुर्याउँछन् त्यो सन्तोष र आनन्दको सीमा रहँदैन ।
२. पाल्पाली समाज पोखराले जन्मभूमि पाल्पाको सम्झना गर्दै त्यस्तै सर्हानीय कार्य गरेको छ । समाजको पहलमा स्थापना भएको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पाल्पाबाट उत्पादित सामग्रीको विक्री कक्ष पोखरामा हालै शुभारम्भ गरेको छ । उक्त कक्षमा पाल्पाको करुवा तथा ढाका लगायतका सामग्रीहरु रहेका छन् । पाल्पाको ढाका र पछ्यौरा भनेपछि देशभर प्रशिद्ध छ । ती सामाग्रीहरु उपहारको रुपमा पनि प्रयोग भएर जताततै पुग्ने गरेको छ ।
३. हातले बुनिएको ढाका टोपी, पछ्यौरा झोला लगायतका सामग्रीको विक्रीबाट एकातिर स्थानीय सीप तथा घरेलु उत्पादनलाई सघाऊ पुग्छ भने कलाको माध्यमबाट आफ्नो स्थानलाई पनि चिनाउँछ । आय आर्जनमा योगदान पुग्ने कुरा त छदैछ । बजारको भन्दा सुपथ मुल्यमा गुणस्तरीय पाल्पाली सामान उपलब्ध गराउने सहकारीको लक्ष्य प्रशंसनीय रहेको छ ।
४. उक्त विक्री कक्ष पाल्पा र पोखरा वीच मात्र होइन गण्डकी प्रदेश र प्रदेश नं. ५ को वीचको सम्बन्ध केन्द्रको रुपमा पनि विकास हुने विश्वास लिन सकिन्छ । पाल्पा–पोखरा धेरै टाढा छैन तथापि पाल्पालीहरु काठमाडौं जाँदा पनि अधिकांश तराईकै बाटो उपयोग गर्ने गरेको सन्दर्भमा विक्री कक्षका माध्यमले पोखरा आउने वा पोखरा भएर जाने क्रम पनि बढ्न सक्दछ । पोखरा मै पाल्पाको झल्को दिने अरु पनि धेरै सिर्जनात्मक कार्य गर्न सहकारी सफल हुनेछ ।
५. हरेक सहकारीले आ–आफ्नो मौलिक पहिचान बनाउनु पर्ने कुरा वारम्बार उठ्ने गर्दछ । यस्तो काम कमैले मात्र गरेका छन् । वहुउद्देश्यीय सहकारीले ७० प्रतिशत लगानी उत्पादन तथा आयमूलक क्षेत्रमा गर्नुपर्ने नियम छ तर पनि धेरैले त्यो व्यवहारमा ल्याएको पाइदैन । पाल्पाली बहुउद्देश्यीय सहकारीले जुन उदाहरण प्रस्तुत गरेको छ, यो सबैको लागि प्रेरणा बन्न सक्नेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१