पोखरा, १३ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । योसँगै कुल संक्रमित संख्या ८८८ पुगेको हो ।
शनिबार नै बिहान ३२ र साँझ १६ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये विदेशबाट आइ पोखरा क्वारेन्टाइनमा बसेका पोखराका ५ महिला छन् । गएको २४ घण्टामा प्रदेशमा ८२ नयाँ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमितमध्ये बागलुङका २७, तनहूँका ६ र पर्वतका १ जना छन् । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो ।
बागलुङको बडीगाड गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरुको उमेर समूह वर्ष १८ देखि ४७ सम्म छ ।
बागलुङ नगरपालिकाका थप १७ जना पुरुष पनि संक्रमित भएका छन् । उनीहरु २० देखि ७० वर्षसम्मका छन् । काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष संक्रमित छन् । जसमा २७ र ३६ का पुरुष तथा २० र २३ वर्षका महिला छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष २३ र ३० का महिला, भानु नगरपालिकाका वर्ष ३२, ५३ र ६१ का पुरुष र व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा पनि कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै, पर्वत सदरमुकाम कुष्मा नगरपालिकाका ५३ वर्षीय पुरुष संक्रमित भएका छन् ।
पोखरामै भएको नमुना परीक्षणमा सल्यान जिल्ला बागचौर नगरपालिकाका २६ वर्षका पुरुषमा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकीमा कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने १ सय २१ निको भई डिस्चार्ज भएका छन् ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१