नवलपरासी, ३० जेठ । पूर्वी नवलपरासीका ३ जना र चितवनका ३ जना गरी ६ जना कोरोना संक्रमितको डिस्चार्ज गरिएको छ ।
भरतपुर अस्पतालमा उपचाररत नवलपुरका ३ जना र चितवनका ३ जनालाई शुक्रुबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्वी नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरुषलाई ३१ दिनपछि, देवचुली १ का १९ वर्षीय पुरुषलाई १५ दिनपछि र विनयी त्रिवेणी ६ का ४५ वर्षीय पुरुषलाई २१ दिन पछि शुक्रबार डिस्चार्ज गरिएको हो ।
त्यसैगरी, भरतपुर महानगरपालिका ६ का वर्ष ५२, वर्ष ७४ र ७३ का ३ जनालाई २० र २१ दिनको दिन शुक्रबार डिस्चार्ज गरिएको हो । उनीहरुलाई पुनः पीसीआर चेक नगरी डिस्चार्ज गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो नियमबमोजिम संक्रमितमा लक्षण नदेखिए पीसीआर चेक जाँच नगरी डिस्चार्ज गर्न सकिन्छ ।
संक्रमितमा लक्षण नदेखिए पीसीआर चेक जाँच नगरी डिस्चार्ज गर्न सकिन्छ
उनीहरुमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए पनि सर्ने सम्भावना अत्यन्तै न्यून हुने हुँदा पालिका प्रमुख, वडाअध्यक्ष, स्वास्थ्य शाखासँगको समन्वयमा डिस्चार्ज गरिएको जनाएको छ ।
उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने, क्वारेन्टाइनको सबै नियम पालना गर्नु पर्ने, घरका परिवारका सदस्यसँग १ मिटर दूरी कायम गर्नुपर्ने, साबुनपानीले मिचिमिची हात धुनुपर्ने, माक्स प्रयोग गर्ने, पौष्टिक खानाहरु सन्तुलित रुपमा खाने, कुनै नयाँ लक्षण देखिए सम्बन्धित चिकित्सकसँग सम्पर्क गर्ने सर्तमा छाडिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीन्टेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१