नयाँदिल्ली, २९ जेठ । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९९६ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार १०२ पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ३७ हजार ४४८ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१