एपीएफका ४ खेलाडीको बढुवा, पदोन्नती भएका खेलाडीलाई दज्र्यानी चिन्ह प्रदान

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
APF

पोखरा । नेपाल एपीएफ क्लब, फुटबलकी कप्तान अनु लामा हवल्दारमा बढुवा भएकी छिन् ।

अनुसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका छन् ।

बढुवा भएका उनीहरुले दज्र्यानी चिन्ह प्राप्त गरेका छन् । यसअघि, चारै जना सहायक हवल्दार थिए ।

राष्ट्रिय टोलीकी पूर्व फरवार्ड समेत रहेकी अनु महिला फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन् । राष्ट्रिय टोलीका लागि उनले ३५ गोल गरेकी छिन् । उनी भन्दा अगाडि एपीएफकै सावित्रा भण्डारी साम्बाले ३८ गोल गरेकी छन् ।

अनु, २०६३ मा एपीएफमा आबद्ध भएकी हुन् । गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे का अवसरमा अनुलाई उत्कृष्ट महिला खेलाडीबाट सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width