नेकपाको सचिवालय बैठक शुरू, एमसीसीबारे छलफल हुने

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७
mcc

पाेखरा, १७ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दैछ।

बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्री केपी शर्माका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटर मार्फत जानकारी गराएका छन् । एमसीसीलाई लिएर नेकपा भित्रै पनि विवाद छ।

सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित छन्।

बैठकमा दुबै जना अध्यक्ष सहित सबै सदस्यहरूकाे उपस्थिति रहेकाे बताइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width