पोखरा, २७ वैशाख । नेपाल प्रेस युनियन कास्कीले साधारण सदस्य दामोदर आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ।
उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको हाे। स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन्। उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए। उनी रवीबाली खेती अभियानका अभियन्ता पनि हुन् ।
स्व. आचार्यका तीन छोरा र पाँच छोरी छन्। तीन छोरामध्य दामोदर माइला छोरा हुन्। दामोदर नेपाली काँग्रेस पोखरा ११ वडा कार्यसमितिका सचिव हुन्। जेठा छोरा भेषराज आचार्य प्रेस युनियन कास्कीका पूर्व सचिव हुन्। कान्छा छोरा शिवराज आचार्य व्यवसायमा संलग्न छन्।
नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देल र सचिव प्रदीप पौडेलले शोक विज्ञप्ति प्रकाशित गरी दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ले पनि शोक विज्ञप्ति प्रकाशित गरी आचार्यको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१