पोखरा, २१ बैशाख । पोखरा महानगरपालिकाले सुत्केरी महिलालाई नौलोखालको सहयोग सुरु गरेको छ । लकडाउनका बेला सुत्केरीले अब घीउ, हर्लिक्स, तेल, सावुनसहित नगद ५ सय रुपैयाँ पाउने भएका हुन् ।
सोको पहिलो चरणमा आइतबार १८ जना सुत्केरीलाई भेटी पौष्टिक आहाराको रुपमा ती सामग्रीसहित नगद हस्तान्तरण गरिएको छ । अभिभावकीय भूमिका निर्वाहका लागि यस्तो खालको सहयोग सुरु गरिएको महानगरले जनाएको छ ।
हालसम्म २६ जना सुत्केरीको नाम महानगरको हटाइन नम्वरमार्फत टिपाइएकोमा आइतबार पोखरा वडा ९, १० र १५ का सुत्केरीलाई भेट गरिएको थियो । सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहार अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेजसहित नगद ५ सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङल बताइन् ।
सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ । उनले भनिन्, ‘यसलाई राहतभन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर पोषिलो खाना आवश्यक पर्ने भएकाले उपलब्ध गराउने छौं ।’ नाम टिपाएका सबैलाई घरघरमै पौष्टिक आहार पुर्याइनेछ । आइतबार पोखरा १५ मा वडाध्यक्ष प्रकाश पौडेल, वडासदस्य पार्वती कार्की, महागनरका कर्मचारी शर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर औष्टिक आहार उपलब्ध गराएका हुन् ।
वडा १० मा वडासदस्य सम्मरबहादुर श्रेष्ठ लगायत कर्मचारी सहित पुगेर पौष्टिक आहार उपलब्ध गराए । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनयता पोखरा महानगरले दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्ग गरी हालसम्म करिब ३१ हजार बढीलाई राहत वितरण गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१