नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो ।
सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो ।
टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो । नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१