जाजरकोट, १२ वैशाख । पहुँच र क्षमता प्रदर्शन गर्दै गाडीका गाडी ओसारिएका मानिसका कारण जाजरकोट, डोल्पा र रुकुमपश्चिमका क्वारेन्टाइन भरिएका छन् । मन्त्री, सांसद र स्थानीय तहले लगानी गरेर जिल्लामा भित्र्याएका सबै मानिस क्वारेन्टाइनमा बसेको बताइएको छ ।
दिनमा क्वारेन्टाइनमा बस्ने तर बेलुकी भएपछि सबै क्वारेन्टाइनमा भेटिँदैनन् भन्दै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले नियन्त्रण गर्नै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षमताभन्दा बढी मानिस गाउँमा आएका कारण समस्या भएको छ, व्यवस्थापन कसरी गर्ने ? प्रत्येक वडामा घरबाटै कपडा ल्याएर क्वारेन्टाइन बस्ने व्यवस्था गर्न वडाध्यक्षलाई भनिएको छ।”
त्यस्तै स्थानीय तहको समन्वयबिना नै भकाभक मानिस पठाउँदा व्यवस्थापनमा समस्या भएको भन्दै नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,
स्थानीय तहले बनाएका क्वारेन्टाइनभन्दा तेब्बर मानिस गाउँमा आउँदा थेग्न सक्ने अवस्था नभएको भन्दै नगरप्रमुख रावलले थप्नुभयो, “क्वारेन्टाइनमा बस्ने व्यक्ति पनि अनुशासित हुनुपर्यो, भनेको कुरा अक्षरशः पालन गर्ने तर यहाँ क्वारेन्टाइनमा बस भन्दा उल्टै हामीलाई आपराधीकरण गर्ने भनी झगडा गर्न खोज्छन्।”
“गाउँमा सुरक्षाको अवस्था पनि राम्रो छैन, सबै मानिस काममा छन्, आएका पनि क्वारेन्टाइनमा बस्न मान्दैनन्”, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले भन्नुभयो, “छेडागाडबाट मानिस हिँडेर आउँछन्, गाउँमै को कहाँ पुग्छ थाहा नै हुँदैन, क्वारेन्टाइनमा बस भन्दा झगडा गर्न पो आउँछन् ।”
शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका पनि यही समस्या छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले दुई हजारभन्दा बढी मानिस जिल्लामा आएको तथ्याङ्क सार्वजानिक गरेको छ ।
जाजरकोटमा ३१० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । गाउँमा जथाभावी आएका मानिसका कारण जोखिम बढेको स्थानीय तहका प्रमुखहरुको भनाइ छ । चोरबाटो हुँदै गाउँमा धेरै मानिस पुगेको उनीहरुको भनाइ छ । त्यस्तै छिमेकी जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकामा पनि २०० हाराहारीमा मानिस गएका छन् । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिने नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिनुभयो ।
डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकाले बाहिर रहेका विद्यार्थीलाई रु पाँच हजारका दरले रकम पठाउन लागेको नगरप्रमुख ओम बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले एक महिना पुग्ने गरी पाँच हजार पठाउने छौँ, त्यसपछि अझै लकडाउन लम्बियो र थप समस्या पर्यो भने फेरि पनि पाँच हजार पठाउँछौँ, यतिमात्र नभई घर आउन चाहने विद्यार्थीलाई पनि ल्याउँछाैं, नेपालगञ्ज र सुर्खेतबाट घर फर्कन चाहनेका लागि रु दुई हजार र त्यो बाहेकका अन्यत्र जिल्लाबाट घर फर्कन चाहने विद्यार्थीका लागि रु तीन हजार हाल्ने निर्णय भएको छ ।”
डोल्पामा ३३ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै मुड्केचुला गाउँपालिकाले पनि सार्वजनिक सूचनाका साथै गाउँ कार्यपालिकाको निर्णयबाट रु दुई हजारबाट बढाएररु पाँच हजार विद्यार्थीको खातामा पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । नेपालगञ्ज, काठमाडौँ, सुर्खेत, पोखरालगायतका जिल्लामा रहेका प्रत्येक विद्यार्थीका लागि रु पाँच हजारका दरले पैसा पठाउने निर्णय गरी पैसा पठाएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । जगदुल्ला गाउँपालिकाले सबै जिल्लाबाहिर भएका नागरिकलाई ल्याउन सार्वजानिकरूपमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
बाहिर रहेका विद्यार्थीलाई ल्याउने पहल शुरु गरिएको रुकुमपश्चिमको सानीभेरी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्टका अनुसार बाहिर रहेका विद्यार्थीलाई वडाध्यक्षसँग सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै चौरजहारी नगरपालिकाले पनि काठमाडौँमा हुने नागरिकलाई ल्याइरहेको छ । “काठमाडौँबाट पूर्वगृहमन्त्री जर्नादन शर्माले गाडीमा मानिसहरु पठाउनुभएको छ, यहाँ हामी व्यवस्थापन गछौँ”, नगरप्रमुख विशाल शर्माले भन्नुभयो ।
आरडिटी किट अभाव
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा आरडिटी जाँचका लागि पठाएको किट अभाव भएको छ । गाउँमा धेरै मानिस बाहिरबाट आएका कारण किट अभाव भएको यी जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । पहिलो चरणमा पठाएका सबै किटले नपुग्ने पक्का भएको उनीहरुको भनाइ छ । जिल्लामा धेरै मानिस भित्रिएका कारण अहिले पठाएको किटले आरडिटी जाँच गर्न नपुग्ने उनीहरुको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१