रुपा र मादी गाउँपालिका राहत कोषमा सांसद अधिकारीद्धारा सहयोग

एजेन्सी
वैशाख १२, २०७७
KHAGARAJ_ADHIKARI

कास्की । पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचार राहत कोषमा सहयोग गर्नुभएको छ ।

कास्की प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत रहेका रुपा गाउँपालिका र मादी गाउँपालिकामा १ लाख ७१ हजार ६ सय र १६ थान पिपिइ राहत सहयोग गर्नुभएको छ । सांसद अधिकारीले रुपा गाउँपालिकाको राहत कोषमा १ लाख २१ हजार ६ सय र मादी गाउँपालिका राहत कोषमा ५० हजार नगद र १६ थान पिपिइ सहयोग गर्नुभएको हो ।

अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी स्थानिय सरकारहरुले विपन्न बर्गलाई राहत उपलब्ध गराउने, स्वास्थ्य परिक्षण साथै जनचेतना फैलाउने कार्यमा प्रभावकारी भुमिका खेलेको बताउनुभयो ।

उहाँले विश्व नै संकटमा परिरहेका कोरोना भाइरस महामारीको प्रतिकार्य र रोकथाममा सरकार प्रभावकारी ढंगबाट अगाडी बढिरहेको बताउँदै सबै नागरिकहरुलाई सरकारका निर्देशनलाई पालना गर्न आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width