युवाहरुको प्रदर्शन

सम्पादक
जेठ ३२, २०७७

१. कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारले राम्रो ध्यान दिन नसकेको भन्दै यतिखेर देशका विभिन्न शहरमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री निवास क्षेत्र वालुवाटारमा समेत प्रदर्शन गरे । आन्दोलन रोक्न प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहोरा र अश्रु ग्यास हान्ने लगायतका हथकण्डाहरु अपनायो । प्रदर्शन रोकिएको छैन ।

२. सरकारविरुद्ध प्रदर्शन गर्दै उनीहरुले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरटिडि रोकेर पिसिआर जाँच गरिनुपर्ने, कर तिर्न ताकेता हटाउनुपर्ने लगायतका माग गरेका छन् । यसैगरी उनीहरुले असुरक्षित क्वारेन्टिन बन्द गर, स्वास्थ्य उपचार नागरिकको अधिकार हो, हेलो सरकार सुन्दैन लगायतका नारा अङ्कित प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन तथा धर्ना कार्यक्रम गर्नै आएका छन् । उनीहरुले विरोध मात्र पनि गरेका छैनन् । सरकारले नयाँ नक्सा सहित संविधान संशोधन कार्य अघि बढाएकोमा धन्यवाद पनि दिएका छन् ।

३. सरकारले भने निषेधित क्षेत्र तोडिएको, लकडाउन उल्लंघन गरिएको, राजनीतिकरण भएको आदि आरोप लगाउँदै प्रदर्शन माथि अवरोध गर्दै आएको छ । कसरी युवाहरु जुटे र प्रदर्शन गरे यो कहाँबाट सञ्चालित छ भन्दै पत्ता लगाउन गुप्तचरहरु खटिए त्यसको जरो फेला पार्न नसकेको चर्चा छ ।

४. स्वतस्फूर्त रुपमा सहभागी र प्रदर्शन भएको यो कार्यक्रमको प्रचारप्रसार सामाजिक सञ्जालबाटै भएको पाइन्छ । सामाजिक आक्रोश समेटेर युवाहरुले नै आवाज उठाए र उनीहरु जुटेको देखिन्छ । अहिलेसम्म उनीहरुले देखिएको प्रदर्शनलाई अन्यथा मान्न सकिन्न । प्रदर्शन भद्ररुपमा हुनुपर्छ भन्ने आम धाराणा छ ।

५. कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न र आफ्ना काम कारवाही पारदर्शी बनाउन दिएको सुझावलाई ग्रहण गर्नैपर्छ । जनताका आवाजलाई अन्यथा लिनु हुदैन । विरोध सुन्न नसक्ने सरकार जनताको सरकार पनि ठहर्दैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width