काठमाडौंस्थित त्रिचन्द्र कलेज नेपालको सबभन्दा पुरानो कलेज हो । १०० वर्ष पुरानो भएको कलेजको भवन जीर्ण भएको छ । २०७२ सालको भूकम्पले त्यो भवनलाई अरु क्षति पुर्याएको छ । २०७२ सालको भूकम्पले त्यो भवनलाई अरु क्षति पुर्याएको छ । त्यो भवन धराशायी हुने अवस्थामा पुगेको छ । त्यसमा पठनपाठन गर्नु पनि खतरा छ । त्यो खतरा भएकोले यसको जीणद्धारमा पूर्ण निर्माणका लागि धेरै वर्षदेखि कलेज परिवारले आवाज उठाउँदै आएको छ । तर त्यो आवाजको कुनै सुनुवाई भएको छैन । काठमाडौंका कतिपय भवनहरु पुरातत्व विभागले बनाएको छ भने केही भवन विदेशीहरुले बनाएका छन् । धेरै भवनहरु भूकम्प पुनर्निर्माण आयोगले बनाएको छ । तर त्रिचन्द्र कलेजको भवन निर्माण गर्न कसैको ध्यान गएको छैन । काठमाडौंको महत्वपूर्ण ठाउँमा रहेको महत्वपूर्ण कलेजको त्यो जीर्ण भवनमा किन कसैको दृष्टि गएन, त्यो बुझ्न नसकिने कुरा भएको छ ।
त्रिचन्द्र कलेजबाट उत्पादन भएका विद्यार्थीहरु देशका नीति निर्माणका तहमा पुगेका छन् । शिक्षा मन्त्रालय र त्रिभुवन विश्व विद्यालय लगायत ठाउँमा त्यहींको उत्पादनले भरिएको हुन सक्दछ तैपनि त्यो भवन पुनर्निमार्ण गर्नमा किन तिनीहरुको दृष्टि गएन । यो प्रश्न अहिले धेरै सोध्ने गरेका छन् । त्यो जीर्ण भएको भवनले गिज्याएको देख्न नसकी नागरिक सरोकार समूहले पनि आवाज उठाउँदै आएका छन् । हालै समूहका संयोजक डा. मधु घिमिरेको नेतृत्वमा डा. मृगेन्द्रराज पाण्डे, पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनाी, पूर्व उपकुलपति केदारभक्त माथेमा र डा. सुरेशराज चालिसे लगायत रहेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भवनको जीर्णोद्धार गरी पहिलेकै रुपमा ल्याउन र त्यो काम यथाशक्य छिटो गर्न आग्रह गरे । ती प्रबुद्ध व्यक्तिहरुको आग्रहले एउटा दबाबको स्थिति उत्पन्न भएको छ । र प्रधानमन्त्रीले आवश्यक परामर्श गरी भवनको संरक्षण गर्ने बताएका छन् ।
डा. मधु घिमिरेको नेतृत्वको त्यस समूहले सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ । त्यस समूहले आफूलाई भवनको पुनर्निर्माण गर्नमा मात्रै सीमित नराखी कलेजको अतिक्रमण गरिएको जग्गाहरु फिर्ता गर्नुपर्ने सुझाव पनि दिएको छ । साथै समूहले दरबार स्कुलदेखि रानीपोखरी हँुदै घन्टाघरसम्मलाई प्राज्ञिक र पर्यटन क्षेत्रको रुपमा गरिनुपर्ने अवधारणा पनि प्रधानमन्त्री देउवालाई अवगत गराएको छ । प्रबुद्ध व्यक्तिहरुको समूहले त्यसरी अभिरुचि लिनु आफैंमा सकारात्मक हुरा हो । तिनीहरुको सक्रियताले केही तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री देउवाले पनि सोच्न बाध्य भएको छ । उनले शिक्षामन्त्री देवेन्द्र पौडेललाई त्यसबारे आवश्यक काम गर्न निर्देशन दिएको पनि बुझ्नमा आएको छ । अब छिट्टै त्यो भवनको जीर्णेद्धार गर्नु पर्नेमा हामी पनि जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
नेतालाई देशको भन्दा आफ्नै पार्टीको चिन्ता बढी
नीति निर्धारणमा जनगणनाको महत्व
असन्तोष फैलिँदै गएको समाज
द्वन्द्व पीडितलाई न्याय
स्ववियुको महत्वपूर्ण चुनाव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९