अवस्था सहज हुन्थ्यो भने पोहोर नेपालले पर्यटन वर्ष मनाएको हुन्थ्यो । स्वेदशी र विदेशी पर्यटकलाई डाकेर उनीहरुलाई आतिथ्य दिएर मुद्रा आर्जन गरेको हुन्थ्यो मुलुकले । तर विडम्बना विश्वभर कोरोना फैलियो । सबैभन्दा बढी घुमफिर गर्न रुचाउने मानिसलाई घरभित्र कोठामै थुनिनु परेको छ । एकजना पर्यटक घुम्न निस्कँदा उसले खर्च गर्ने रकम धेरै ठाउँमा पुग्छ । भन्दा पर्यटन क्षेत्र भने पनि त्यसबाट फाइदा लिने क्षेत्र धेरै छन् । अन्न उत्पादन गर्ने किसानदेखि पानी प्रशोधन गर्ने व्यवसायी, अनि पर्यटन क्षेत्रमा संबद्ध कामदार र उनीहरुका परिवारदेखि धेरैतिर यसको लाभ बाँडफाँड हुन्छ । पर्यटन क्षेत्रमा होटल तथा रिसोर्ट, रेस्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्प्युप्मेन्ट सप, इम्ब्रोइडरी एन्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायलगायत यससँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका विभिन्न क्षेत्र पर्दछन् । पर्यटन व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल ५ खर्ब जतिको लगानी छ । तर कोरोना भाइरस महामारीका लागि संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ ।
कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकीन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । त्यसो त पर्यटन व्यवसायीहरुले बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पुनः लयमा फर्काउन ४÷५ वर्षसम्म लाग्ने अनुमान गर्छन् । किनकि दोस्रो लहर नसकिँदै तेस्रो भेरियन्ट पनि नेपालमा देखा परेको छ । यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने भएकाले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ । त्यसका लागि कोरोनाविरुद्धको खोप पहिलो आवश्यकता हो । तर नेपालमा सरकारी तथ्यांकअनुसार कास्कीमा हालसम्म करिब ५८ हजार जनाले मात्र खोप लगाएका छन् । पर्यटन व्यवसायीहरुले खोपको व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको धेरै भयो । उनीहरुले भनेका छन्, खोपबिना अब पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन । व्यवसायी तथा मजदुर सुरक्षित राख्न र घुम्न आउने पर्यटकलाई पनि विश्वस्त बनाउन खोप अनिवार्य छ । टे«किङमा जान खोज्ने पर्यटकले समेत बुकिङ गर्दा गाइडले भ्याक्सिन लगाए कि लगाएनन् भनी सोध्न थालिसकेका छन् ।
अघिल्लो वर्ष कोरोनाको पहिलो लहरले आक्रान्त बनेकोमा पछि करिब ३० प्रतिशत हाराहारीमा पर्यटन क्षेत्र चलायमान भएकोमा यस वर्षको सुरुआतमै दोस्रो लहरले फेरि आक्रान्त पारेको छ । यो क्षेत्रमा आबद्ध व्यवसायी तथा मजदुरलाई पनि बचाउने सरकारले घोषणा गरेका राहत कार्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न हुँदैन । संघ र प्रदेश सरकारले राहतको प्याकेजसहितका व्यवस्था गरे पनि ठूलो वर्गले यसबाट फाइदा लिन सकेको छैन । पर्यटन क्षेत्र व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ताबन्दी बुझाउने अवधि सार्नेतर्फ कसैले चासो देखाएका छैनन् । पोखराको पर्यटन क्षेत्रमै ६० देखि ७० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध छन् । कोरोना कहरले दैनिक १६ करोड घाटा व्यहोर्दै गरेको पर्यटन क्षेत्रलाई उकास्न सरकार संवेदनशील हुनुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१