लाज बचाउने प्रयास

सम्पादक
माघ ४, २०७७

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बहुप्रतिक्षित छैटौं बैठक सकिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो भने भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए । बैठकका लागि ३ दर्जन भन्दा बढी एजेन्डा निर्धारण गरिएको थियो । ती एजेन्डामध्ये कालापानी क्षेत्रको विवाद, दुवै देशका प्रबुद्ध व्यक्तिहरुको समूहले तयार गरेको प्रतिवेदन र कोभिड–१९ को खोप उपलब्ध गर्ने नेपालका लागि विशेष चासोको विषय थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले ती विषयमा ठोस रुपमा वार्ता गर्ने जनाएका थिए । नेपालले ती विषयमा ठोस वार्ता गर्न चाहने तर भारतले त्यसलाई पन्छाउन चाहेको स्थिति थियो । नेपालले विश्चय नै बैठकमा ती विषय उठाए । तर त्यसको परिणम केही पनि निस्केन । त्यसरी विषय उठाउनु लाज बचाउने प्रयास मात्र हो । कोभिड–१९ को खोप भने भारतले नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । भारतले भरखरै आफ्नो खोपको आपतकालीन प्रयोग गरेको छ । नेपालका लागि भारतको खोप उपयोगी र सुहाउँदो हुने अनमान गरिएको छ ।

कालापानी क्षेत्रको विवादपछि दुई देशका बीच संवादहीनताको स्थिति थियो । अहिले त्यो संवानहीनताको स्थितिको अन्त्य भएको छ । परराष्ट्रमन्त्रीस्तरीय वार्ता सौहार्दपूर्वक सम्पन्न भएको छ । र भ्रमणको सिलसिला थप अगाडि बढाउने र बाँकी रहेको समस्यालई समाधान गर्दै जाने सहमति भएको छ । छलफलमा दुई देशको बीच सहयोगको क्षेत्र अरु व्यापक पार्ने भारतले नेपालका गरेको विकास निर्माणका काममा गति थप्ने नेपाल भारतबीच ४०० केभी बुटवल–गोरखपुर सीमा पार प्रसारण लाइनको कामलाई छिटो अघि बढाउने सहमति भएको छ ।

दुईजना मन्त्रीहरु एकान्तमा वार्ता गरेको कुरा पनि बाहिरिएको छ । तर के विषयमा वार्ता भयो, त्यो बाहिर आएको छैन । दुई देशबीच सीमाना विवाद छ । त्यो दुवै देशले स्वीकार गरेको कुरा हो । त्यो विवाद छिटो टुंग्याउनु पर्दछ भन्ने कुरामा सहमति भएको छ तर व्यवहारमा त्यसरी काम भएको छैन । अब व्यवहारबाटै त्यो देखाउने बेला आएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width