अघिल्लो वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरी पोखरामा रंगशाला हतारहतारमा मर्मत गरियो । २०७२ को भूकम्पले क्षति पु¥याएको रंगशाला ढिलै भए पनि मर्मत सुरु भयो । अहिले रंगशालाको ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो । रंगशालाको लागत करिब १ अर्ब २८ करोड रुपैयाँ छ । १६ हजार ५ सय दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला ४ महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भए पनि लामो समय रंगशालाको ढाँचा तयार नहुँदा ढिलाइ भएको थियो । भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशालाको काम गरिरहेको छ । बजेट अभाव र कोरोना महामारी देखाउँदै यसअघि पटक पटक स्थगित हुँदै आएको रंगशालामा छाना हाल्ने काम सकिएको छ । निषेधाज्ञाकै समयमा विशेष पास बनाएर भारतीय कामदार ल्याइएको थियो । उनीहरूलाई क्वारेन्टिनमा राखेर नेगेटिभ सुनिश्चिततापछि मात्र काममा लगाइएको थियो । भिआइपी प्यारापिटमाथि जडान फेब्रिक (छाना) पानीले नबिगार्ने र ५० वर्षसम्म टिकाउ हुनेछ ।
दसैंसम्म काम सक्ने गरी कम्पनीले नाला बनाउने काम गरिरहेको छ । १६ वटा शौचालय ब्लकको फिनिसिङको काम बाँकी छ । फुटबल मैदानमा भिआइपितर्फको काम र कार्यालयदेखि चेन्जिङ रुमसम्मको कामसहित प्यारापिटतर्फ रहेका शौचालय बनाइनेछ । निर्माणका लागि आवासीय सुविधासहित हाल पनि ४० जना कामदार निरन्तर खटिएका छन् । रंगशाला बनाउन २०७५ पुस १३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता भएको थियो । ६ महिनाभित्र स्टेडियम बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि २ महिना ढिलो काम सुरु भएको हो ।
त्यसो त राज्यको प्राथमिकतामा खेलकुद पर्न सकेको छैन । खेलाडी उत्पादनदेखि उनीहरुको व्यवस्थापनमा राज्यको त्यति चासो देखिँदैन । बजेट निर्माणका क्रममा पनि यो क्षेत्र पछाडि नै पर्ने गरेको छ । नीति निर्माताहरु खेलकुदको लगानी अनुत्पादक ठान्छन् होला सायद । खेलकुदले अनुशासन र स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको जति कदर गरे पनि पुग्दैन । तर बजेट विनियोजनका बेलामा यो क्षेत्र पछाडि र्न पारिएको हुन्छ । यसको मुख्य कारण हो, खेलकुदको महत्व बुझ्न नसक्नु । पोहोरमात्र साग भएको पोखरमा फेरि निकट समयमै नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा हुँदै छ । पूर्वाधार निर्माणदेखि अरु धेरै बन्दोबस्तीका काम गर्नुपर्नेछ । त्यसो त पोखरा आफैं साहसिक खेल पर्यटनको केन्द्र हो । खेलमार्फत् पनि पोखरामा पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि पहिला माहोल मिलाउने कामचाहिँ सरकारकै हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१