आमसञ्चार विधेयक फिर्ता गर

सम्पादक
असाेज १०, २०७८

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ, कास्की शाखाको आयोजनामा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेश सरकारद्वारा प्रस्तावित आमसञ्चार विधेयकबारे नीतिगत छलफल भएको छ । छलफल कार्यक्रममा प्रदेश सरकारद्वारा ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारको हकहितमा नभएकाले विधेयक फिर्ता गर्न माग गरिएको छ । छलफल कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, गण्डकी प्रदेशका विधायन समिति सदस्यहरु तथा वरिष्ठ पत्रकारहरुको सहभागिता थियो । मन्त्री थापाले पत्रकाहरुबाट आएको सुझावअनुसार नै आमसञ्चार विधेयक संशोधन गरिने बताए । तर पत्रकारहरुले भने विधेयक संशोधन होइन, फिर्ता गरी पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार र सरकारबीच पटक–पटक यस्तो विवाद भइरहन्छन् । पत्रकारहरु संधै आफ्नो हक अधिकारको सुनिश्चितता र पत्रिकामा केही लेखेको आरोपमा दण्ड जरिवानाको व्यवस्था नगरियोस् भन्ने चाहन्छन् । नेताहरु सरकारमा नभएसम्म पत्रकारको पक्षमा ऐक्येबद्धता जनाउँछन् । पत्रकारको भूमिकाको प्रशंसा गर्दछन् र सरकारको विरोधमा धेरै लेखोले भन्ने चाहन्छन् । तर तिनीहरु नै सरकारमा पुग्छन्, तब तिनीहरुको हैसियत परिर्वतन हुन्छ । हिजो सरकारको विरोधमा लेखोस् भन्नेले आज सरकारको विरोधमा नलेखोस् भन्ने चाहन्छन् । हिजो विरोधको स्वर सुन्न चाहनेले आज प्रशंसाको स्वरमात्र सुन्न चाहन्छन् । तिनीहरुमा आएको त्यो परिवर्तनका साथ पत्रकार जान सक्दैनन् । पत्रकाहरु हिजोजस्तै गरी आज पनि सरकारको त्यस्तै गरी विरोध गर्दछन् । जुन कुरा सरकारमा बस्नेका लागि सह्य हुँदैनन् । तिनीहरु यता उता गर्दै पत्रकारहरुलाई जिम्मेवार बनाउने भन्दै घाँटी निमोठ्ने प्रयास गर्दछन् । त्यसै भएर पत्रकार र सरकारबीच बराबर तनाबकै वातावरण आउने गर्दछ । अहिले प्रदेश सरकार र पत्रकारबीच देखापरेका स्थिति पनि त्यसैको एक अंश हो ।
पञ्चायतकालमा पत्रकारहरुले पञ्चायतको विरोध खुब लेखे । त्यसरी लेखेबापत् पत्रकारहरु जेलमा पनि बसे । कत्तिको पत्रिकाको दर्ता नै खारेज पनि भयो । प्रजातन्त्रको पुनर्बहालीपश्चात् बनेको २०४७ सालको संविधानले पत्रकारको हकहितको सुनिश्चितता गरेको थियो । कहिले पत्रिकाको दर्ता खारेज नहुनेदेखि हुलाक सुविधा आदिको व्यवस्था पनि गरेको थियो । ती सबै कार्यलाई पत्रकारहरुले ऐतिहासिक जनआन्दोलनमा पु¥याएको योगदानको प्रतिफलको रुपमा व्याख्या गर्ने गरिएको थियो । त्यसपछि बनेको अधिकांश सरकारले ती कुराहरुलाई पचाउन सकेनन् र यताउता गरेर पत्रकारको घाँटी निमोठ्ने काम गरिरहेका छन् । गण्डकी प्रदेश सरकार र पत्रकारहरुबीच राम्रो समझदारी छ । त्यो समझदारी भएकोले महासंघले यो नीतिगत छलफलको आयोजना गरेका छौं । यो छलफलले गण्डकी प्रदेशमा पत्रकारमैत्री आमसञ्चार विधेयक बन्नेमा हामी विश्वस्त छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width