१. केही समयदेखि राजावादीहरुले देशका विभिन्न भागमा नारा जुलुस गरेर आफ्नो सक्रियता देखाइरहेका छन् । उनीहरुले आयोजना गरेको जुलुसमा हिजो भन्दा आज संख्या बढ्दै गएको छ । त्यसरी संख्या बढेकोले उनीहरुको हौसला पनि बढेको छ ।
२. जुलुसको आयोजना गर्नेहरुले ठाउँठाउँको जुलुसको आयोजना बेग्ला बेग्लै संस्थाले गरेको देखाएका छन् । उनीहरुले जुलुस स्थानीय स्तरमा स्थानीयहरुले आयोजना भएको जस्तो पारेका छन् । तर मुख्य वक्ताहरु र अन्य गतिविधि सबै एकै भएकाले त्यो जुलुस सुनियोजित भएको प्रष्ट हुन्छ ।
३. जुलुसमा आयोजकहरुले राजा आउ देश बचाउ भन्ने नारालाई महत्वका साथ उठाएका छन् । उनीहरुले हिन्दू राष्ट्रको माग पनि गरेका छन् । उनीहरुमध्ये ती दुवै विषयमा जनमत संग्रह गर्नुपर्ने भनि जोड दिएका छन् । तर उनीहरुले सम्झेका छैनन् कि ती दुवैलाई देशमा जनमत संग्रह गरी स्थापित गरिएका होइनन् ।
४. अर्काेतिर हेर्दा राजावादीहरु त्यसै उत्साही भएका होइनन् । देशमा गणतन्त्र आएपछि जुन सुनौलो भविष्यको आशा गरिएको थियो । त्यो प्राप्त भएन । नेताहरु अधिकांश आ–आफ्नै स्वार्थमा डुबे । सरकारमा जानेहरुले सुशासन कायम गर्न सकेनन् । उनीहरु आपसमा कल झगडामा नै व्यस्त रहे ।
५. राजनीतिक पार्टीले दुई तिहाई बहुमत ल्याएमा स्थित सरकार बन्छ र सरकारको ध्यान विकास निर्माणतिर केन्द्रीत हुन्छ भनिएको थियो । तिनीहरुले दुई तिहाई बहुमत पनि पाए । तैपनि स्थितिमा कुनै सारभूत परिवर्तन आएन । सत्तारुढ पार्टीका नेताहरुको चाला हामी सबैको अगाडि प्रष्ट छ ।
६. छोटे राजा त उनीहरु भए तर पद अनुसारको आचरण गर्न सकेनन् । यत्तिसम्म कि राष्ट्रपति पदमा आसीन भएर पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पद अनुसार आचरण नगरेको टिप्पणी बराबर सुन्नमा आइरहेको सर्वविदितै छ ।
७. यस्ता धेरै कारणहरुले गर्दा जनताले गणतन्त्र आएर पनि गणतन्त्र आएको अनुभुत गर्न पाएका छैनन् । संघीयता आएर पनि गाउँ–गाउँमा सिंहदरबार पुगेको अुनभव गर्न पाएका छैनन् । सरकार र नेताहरुबाट जनता वाक्क दिक्क भएका छन् । थोरै र छोटो समयमा यस्तो स्थिति उत्पन्न हुनु कदापी उचित होइन । यो कुरा नेताहरुले छिटो महशुस गर्नुपर्दछ र उनीहरुले आफ्नो चालचलन, आचरण र व्यवहारमा आमुल परिवर्तन गरेर स्वच्छ, निस्कंलक र इमान्दारीपूर्वक काम गरेर देखाउनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७