दैनिक उपभोगका सामानदेखि निर्माण सामग्रीसम्मको भाउ अहिले आकासिएको छ । किन र के कारणले मूल्य बढको छ भन्ने कसैलाई थाहासम्म छैन । तर यो मूल्य बृद्धिको एउटा यो विशेषता छ । मूल्य बृद्धिलाई सरकारमा बस्ने नेतृत्वको आँखाले देख्न सक्दैनन् । महसुस गर्न सक्दैनन् । बरु यसबारेमा कुरा उठाउहरुलाई उनीहरुले परम शत्रु ठान्छन् । मूल्य बढ्नु वा घट्नुले उनीहरुलाई असर गर्दैन र छुँदैन पनि । बजार भाउ आकासियो भने नागरिकहरु जति कराए पनि सरकारी अधिकारी अनुगमनमा जाँदैनन् । कहिलेकाँही अनुगमन गर्दा मूल्य बढेको पाए पनि र बजारमा गुणस्तरहीन सामान भेट्टाए पनि कारवाही गरेको कतै भेटिँदैन । आखरि ठगिने त सर्वसाधारण नै त हुन् ।
हाम्रो देशको सम्बन्धमा अर्काे उल्लेखनीय कुरा के पनि छ भने आफ्नै देशमा उत्पादन भएको भनेर हामीले सस्तोमा उपभोग गर्न पाउँदैनौं । सिमेन्ट देशमा उत्पादन भयो । छड यहिँ उत्पादन भयो तर उपभोक्ताले पहिलेभन्दा सस्तोमा त्यसको उपभोग गर्न पाएका छैनन् । हामी सधैं महंगीको मारमा पर्नु परिरहे । हामीकहाँ र हाम्रै सेरोफेरो उत्पादन हुने फलफूल आदि बढी मूल्य तिरेर खानु परिरहेछ । सात समुद्र पारबाट आएको तथा सयौं किलोमिटर टाढाबाट आएको फलफूल आदिसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु एउटा विडम्बना हो । तर यसमा सरोकारवालाहरुको ध्यान गएको छैन ।
सधैं महंगीको मारमा पिल्सिरहेका उपभोक्ताहरु त्यसैगरी पिल्सिएरै रहिरहनु एउटा स्वभाव भइसक्यो । प्रवृत्ति भइसक्यो जसरी सरकारमा बस्नेहरुले महंगी देख्दैनन् । प्रदेश सभामा सभासद्रुले महंगी बढ्यो भनेर आवाज उठाउँदा पनि सरकारमा बस्नेहरुले त्यसलाई स्वीकारेनन् । प्रदेशका मन्त्री विकास लम्सालले खण्डन मात्रै गरेनन्, प्रतिपक्षी दलका सांसदहरुले गलत तथ्यांक ल्याएका जिकिर समेत गरे । सरकारमा पुगेपछि मान्छे कसरी गैरजिम्मेवार हुन्छ भन्ने उदाहरण यो पहिलो भने होइन ।
कवि भूपि शेरचनले त्यसै घुम्ने मेचमाथि अन्धो मान्छे भनेर लेखेका थिएनन् । उनले त्यो तथ्य जानेर, बुझेर र भोगेर लेखेका थिए । उनले त्यो कविता त्यसबेला लेखेका थिए । तर अझसम्म पनि घुम्ने मेचमा बस्नेहरु गैरजिम्मेवार नै भएका छन् । उनीहरु अरुहरुले भनेको स्वीकार्न तयार हुँदैनन् । मूल्य बृद्धिको कुरा पनि उनीहरु स्वीकार्दैनन् । यो एक किसिमको रोग नै हो । यो रोग पालिराख्नु हुँदैन । सरकारले यसमा ध्यान पु¥याएर मूल्य वृद्धि नियन्त्रण गर्न सक्नु पर्दछ । संसदमा चर्को भाषण गरेर मात्र दायित्व पूरा हुँदैन ।
Related News
सम्बन्धित समाचार
वार्तापछि पलाएको आशा
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
hero news full width
मुख्य समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७