प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेर सबैभन्दा बढी र चर्को गरी आलोचना गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फेरि लामो कुराकानी भएको समाचार बाहिरिएको छ । ती २ नेताले प्रधानमन्त्री ओलीको विकल्पका रुपमा नयाँ सरकार गठन गर्ने विषयमा विचार विमर्श गरेको बताइएको छ । अध्यक्ष दाहालले सुरुदेखि नै देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । सामान्य बेलामा प्रधानमन्त्री बन्न उतसहित हुने देउवा यस पटक अचम्म गरी धैर्यधारण गरेर बसेका छन् । वैकल्पिक सरकार गठनमा उनले त्यति चासो राखेका देखिँदैनन् ।
माओवादी केन्द्रले यो सरकारलाई दिएको समर्थन अझसम्म पनि फिर्ता नगरेकोमा धेरैले आश्चर्य प्रकट गरेका छन् । देउवाले पनि यो प्रश्न गरेका छन् । प्रचण्ड नेपाली राजनीतिमा फुट्न पनि सक्ने र जुट्न पनि सक्ने नेता हुन् । उनले कहिलेकाही २/३ दाउमा एकसाथ खेल्छन् भन्ने पनि गरिन्छ । देउवाले त्यो कुरा आफैले भोगेका थिए । २०७४ सालमा देउवा प्रधानमन्त्री भएका बेला माओवादी पनि सरकारमा थियो । २ नेताले स्थनीय चुनावमा केही सिटमा तालमेल गर्ने निर्णय गरे । एउटै सरकारमा भएकोले आमचुनावमा पनि देउवा २ पार्टीको तालमेल गर्न चाहन्थे । तर प्रचण्डले रातारात माओवादी र एमालेको चुनावी गठबन्धन गरेपछि देउवा आश्चर्य चकित भएका थिए । त्यसैबेला उनले सबै माओवादी मन्त्रीहरुको विभाग खोसेर बिना विभागीय मन्त्री बनाएका थिए । तैपनि ती मन्त्रीहरुले राजीनामा गरेका थिएनन् ।
अहिले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि केही रहस्य छ कि भन्ने पनि गरिएको छ । प्रचण्ड नेकपा विघटनको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्चमा गएको अवस्था पनि छ । उता जसपाका नेताले जसरी सरकारसँग वार्ता गरिररहेका छन् । त्यसले पनि देउवालाई सक्रिय हुनबाट रोकेको देखिन्छ । जसपाका नेता महन्थ ठाकुुरले खुलेरै प्रधानमन्त्री ओलीको प्रशंसा गर्न थालेका छन् । सरकार र जसपाका नेताबीच भएको वार्ताको परिणाम नआएसम्म स्थिति प्रष्ट हुने छैन । वैकल्पिक सरकार गठनका लागि जसपाको भूमिका महत्वपूर्ण हुने भएकोले नेताहरुको भेटघाट र वार्तालापले खास परिणाम ल्याउने अवस्था छैन ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
सरकारको नेतृत्व गर्न कांग्रेस तयार
राजनीतिमा विश्वासको संकट
अग्रज पत्रकारको अवसान
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८