बाढी पहिरो पीडितको उद्धार गर

सम्पादक
भाद्र १३, २०७८

जलवायु परिवर्तनका सम्बन्धमा हामीले पढेका छौं । लेखेका छौं र देखेका छौं । अब जलवायु परिवर्तनका असर पनि भोग्न थालेका छौं । हाम्रा सेता हिमालहरु हिउँ पग्लेर काला बन्दै छन्् । हिमनदीहरु पग्लने क्रम बढ्दो छ । कतै हिम नालाहरु पुरिंदै छन्,कतै फुट्दै छन् । मौसमी गतिविधिमा चरम उतारचढाव आइरहेको छ । यस्तै गतिले तापक्रम बढ्दै गएमा हिमालहरु नांगा हुने र समुन्द्रको सतह बढ्ने विशेषज्ञहरुको अनुमान छ । त्यो तापक्रमको असर हाम्रा हिमालहरुमात्र होइनन् । पहाड,तराई जहाँसुकै पर्दै छ । हाम्रो हिमालपारिको जिल्ला भनेर चिनिएका मनाङ र मुस्ताङमा सामान्यतया चर्को पानी नै पर्दैनथ्यो । तर यसपटक त्यहाँ यत्ति चर्को वर्षा भयो कि बाढी पहिरो नै आयो । त्यो बाढी पहिरोले चामे लगायतका ठाउँमा घरबार र पुलपुलेसालगायत संरचनाहरु बगायो ।
यस वर्षको वर्षाले गत वर्षहरुमा झैं देशव्यापी रुपमा धनजनको ठूलो क्षति गर्‍यो । त्यसमा पनि त्यसपटक सिन्धुपाल्चोक जिल्लालाई नराम्रो प्रभाव पारेको छ । त्यहाँका महत्वपूर्ण बजार हेलम्बो, मेलम्ची लगायतका बस्तीहरुमा बाढी आएर बजारलाई बगरमा परिणत गरेको छ । त्यहाँका घरहरु बगाएको छ । भत्काएको छ । बाली नाली नष्ट भएका छन् । मानिसहरु बगाएको छ । त्यसरी बगाएर लगेकाहरु केही मृत अवस्थामा फेला पारिएका छन् भने केही बेपत्ता छन् । हिजोका त्यहाँका ठूलठूला घर र जग्गाका मालिकहरु आज घरबारविहीन भएर सुकुम्बासीमा परिणत भएका छन् । उनीहरुको स्थिति विरक्तलाग्दो छ । सरकारले तिनीहरुलाई सामान्य राहतबाहेक अरु केही दिएको छैन ।
देशमा देवी प्रकोपबाट पीडित भएकाहरुको संख्या धेरै छ । सरकारले सुरुमा ती पीडितहरुलाई सहानुभूति प्रकट गरेर केही राहत दिने गर्दछ । तर त्यसपछि वास्ता गर्दैन भन्ने पीडितहरुको गुनासो छ । पीडितहरु धेरै वर्षदेखि वनजंगल र खोला किनारामा पाल राखेर तथा सानो झुप्रो बनाएर जीवन निर्वाह गरिरहेका भेटिन्छन् । प्रत्येक वर्षको वर्षा र बाढी पहिराले त्यस्ताहरुको संख्या बढाउँदै छ । यस वर्ष त्यस्ताहरुको संख्या अरु बढेको छ । यो कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ । सरकारले तत्कालको लागि एकपटक राहत दिएर सधैंको लागि पुग्छ भनेर सोच्नु भएन । तिनीहरुको उद्धार र पुनस्थापना गर्नु सरकारको कर्तव्य हो । यो कर्तव्यलाई प्राथमिकता दिएर सहयोग गर्नुपर्ने कुरामा हामी आग्रह गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width