दिल्ली बैठक त्यसै सकियो

सम्पादक
असाेज २१, २०७८

नेपाल र भारतबीच कुनै पनि तहको र कुनै पनि विषयमा जहाँसुकै बैठक भए पनि नेपालीहरु त्यस बैठकलाई आशाको दृष्टिले हेर्ने गर्दछन् । नेपाल र भारतबीच धेरै समस्याहरु छन् । ती समस्या बढ्दो छन् । सामान्यतया छिमेकी देशहरुबीच समस्या हुन्छन् । तर अरु देशहरुले त्यस्तो समस्या छिट्टै समाधान गर्दछन् र एक आपसमा जनभावना बिग्रन पाउँदैन । तर नेपाल र भारतको वर्षैदेखिको समस्या छन् । तर तिनीहरुको समाधानको ठोस प्रयास भएको छैन । जसले गर्दा जनभावना बिगँ्रदै गएको छ । तर यो बिग्रेको जनभावना बिग्रियोे भनेर सरकारले भन्न सकेको छैन । यो हाम्रो सरकारको कमजोरी हो ।
सरकारी स्तरमा दुवै देश राम्रा छन् र दुवैले आपसी सम्बन्ध राम्रोे, सुमधुर भएको उल्लेख गर्दै अएका छन् । नराम्रो भन्न कसैले चाहँदैनन् । भारतले नेपालप्रति नाकाबन्दी गर्दा पनि त्यसलाई नराम्रो भनिएन । नाकाबन्दी भनेको एक किसिमले शूत्रवत व्यवहार हो । त्यस्तो व्यवहार पनि नेपालीहरुले सहर बासिरहेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या थप भएको छ । त्यो सीमा समस्या समाधानका लागि नेपालले बैठकको आह्वान गर्दा पनि भारत तयार भएन, दार्चुलामा भारतको एसएसबीका जवानले तुइन काट्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएका छन् । त्यस सम्बन्धमा पनि भारत मौन बसेको छ । यत्तिसम्म कि बेपत्ता भएका व्यक्तिको खोज तलास गर्नमा पनि सहयोग गरेन । यो मानवीय कुरा पनि हो । मानवताको नाताले पनि सहयोग गर्नु पर्दछ भन्ने हाम्रो आग्रह हो । तैपनि भारतले त्यसलाई वास्ता गरेको छैन ।
दुई देशबीच यस्तो समस्या भएको र ती समस्या समाधान गर्ने प्रयास समेत नभएकाले भारतप्रति नेपाली जनताको भावना बिग्रँदै गएको छ । जनभावना बिग्रनु राम्रो होइन । नराम्रो नहोस् भनेर दुवै देशका सरकारहरुले प्रयास गर्नु पर्दछ । नेपाल सरकारले आफ्नो देशवासीको भावनाका सम्बन्धमा भारत सरकारलाई राम्ररी बुझाउन सक्नुपर्दछ । तर हाम्रो सरकारले त्यसो गरेको देखिएको छैन । यो हाम्रो सरकारको कमजोरी हो । नव नियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले यस विषयमा गम्भीर किसिमले सोचेर दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास गर्नुपर्दछ । यसअघि दुई देशका परराष्ट्रमन्त्रीहरुको बैठक भयो । त्यो बैठकमा नेपालको सबै समस्या राख्ने हाम्रो तत्कालीन परराष्ट्र सचिवहरुको बैठक पनि सम्पन्न भयो तर हामीले चाहेको विषयले प्रवेश पाएन । त्यस्तै हालै दिल्लीमा हाम्रो सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलर (एसएसबी) बीच सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौतीको सामना मिलेर गर्ने सहमति भयो । यो बैठकलाई पनि नेपालीहरुले ठूलो आशले हेरेका थिए । तर यसले पनि हाम्रो लागि केही गरेन यत्तिसम्म कि दार्चुलाको घटनाले पनि प्रवेश पाएनछ । नेपाली सुरक्षा अधिकारीले दुई देशको सरकार, परराष्ट्रमन्त्रालय वा राजनीतिक तहमा हुने र भइरहेको संवादमा प्रदेश गरिएन भन्ने अभिव्यक्ति दिएका छन् । दिल्ली बैठक पनि त्यसै सिद्धियो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width