१. लोकतन्त्रमा निर्वाचनको ठूलो महत्व हुन्छ । निर्वाचनको महत्वलाई मनन् गरेर संविधानमा नै आवधिक निर्वाचनको व्यवस्था गरिएको हुन्छ । आवधिक निर्वाचन जित्ने पार्टीले सरकार चलाउँछ । हार्ने पार्टी प्रतिपक्षमा रहन्छ । यो लोकतन्त्रको शाश्वत नियम हो ।
२. निर्वाचनमा जुन राजनीतिक पार्टीले धेरै सीट जित्न सक्छ, उति धेरै त्यो सरकार बलियो मानिन्छ । सामान्यतया बहुमतको सरकारलाई बलियो मानिन्छ । त्यसमा पनि दुई तिहाईको सरकार अरु बलियो मानिन्छ । किनभने त्यस्तो सरकारले सजिलै ऐन नियम बनाउन सक्छ र परिआएमा संविधान संशोधन पनि गर्न सक्दछ ।
३. नेताहरुले आफूले विना विध्नबाधा सरकार चलाउन दुई तिहाईको सरकारको चाहना गर्दछन् । दुई तिहाईको सरकार बलियो सरकार हो । जसलाई प्रतिपक्षी पार्टीहरुले चाहेर पनि त्यसलाई हल्लाउन सक्दैनन्, विघटन गर्न सक्दैनन् । दुई तिहाईको सरकार स्थिर सरकार हुन्छ भन्ने मान्यता रहिआएको छ ।
४. अहिले देशमा नेपाल कम्यूनिष्ट पार्टीको झण्डै दुई तिहाईको सरकार छ । त्यस अर्थमा यो सरकार बलियोे र सुदृढ सरकार हो । संरचनात्मक हिसाबले यो निश्चय नै बलियो र सुदृढ छ । तर पार्टी भित्रको वादविवाद र किचङ्गलले गर्दा सरकार सरकारजस्तो भएको छैन, देखिएको छैन ।
५. नेकपा भित्रको विवाद अहिले यत्ति तल्लो स्तरमा आएको छ कि नेताहरुले एकले अर्काेलाई नाङ्गेझार पार्दैछन् । आरोप र प्रत्यारोपको बौछार भएको छ । उनीहरु एकले अर्काेको चरित्र हत्या गर्ने सम्मको स्थितिमा पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरकार एउटा तमासा भएको छ ।
६. कोभिडको महामारी छ । महामारीबाट दिनहु मानिस मरिरहेका छन् । सरकारले कुनै प्रभावकारी भूमिका खेल्न सकेको छैन । त्यसले खालि खर्च देखाउने गरेको छ । उता सडकमा दिनहु गणतन्त्र विरोधी जुलुर आइरहेका छन् र विप्लवका पक्षहरुले मान्छे मार्न थालेका छन् । यस्तैमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि देशव्यापी जुलुसको आयोजना गरी सरकारको विरोधमा सडकमा उत्रदै छन् ।
७. सोचेमा देशको स्थिति गम्भीर छ । या भनौ गम्भीर स्थितिबाट देश गुज्रदैछ । यसलाई हल्का फुल्का किसिमले सोचेर हुँदैन । यस्तैमा संसदको अधिवेशन पनि भएको छैन । संसद बोलाएको भए, यी सबै विषयमा संसदमा छलफल हुन सक्छ । त्यो पनि भएको छैन । सरकार र सत्तारुढ पार्टीका नेताहरुले आपसमा विवाद गरेर जुन तमासा देखाउँदैछन्, त्यो अति भयो देशलाई लामो समय अनिर्णयको बन्दी बनाउनु हुँदैन । नेताहरु यसमा गम्भीर हुनुपर्दछ र गम्भीर भएर सोची सबै विषयको छिटो समाधान गर्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
बलात्कार र सामाजिक चिन्ता
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७