परराष्ट्रमन्त्री खड्काको चीनमा व्यस्त कार्यक्रम

सम्पादक
श्रावण २५, २०७९

परराष्ट्रमन्त्री नारायण खड्का ३ दिनको भ्रमणका लागि मंगलबार चीन पुगेका छन् । मन्त्री खड्का चिनिया समकक्षी वाङ चीको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएका हुन्, यो साधारण भ्रमण हो । तर हालै अमेरिकाको तल्लो सदनकी सभामुख नासी पेलोन्सीले ताइवानको भ्रमण गरेकीले चीन र अमेरिकाबीच विवाद बढेको छ । चीन अलि उत्तेजित भएको देखिएको छ । यस्तो बेलाको भ्रमण भएकोले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाल र चीनबीच खास विवादको विषय छैन । तर समझदारिताको अभावमा विश्वासको संकट भने छ । त्यसैले यो भ्रमण विश्वासको वातावरण बनाउन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल स्वतन्त्र असंलग्न परराष्ट्र नीतिमा अडिग छ । नेपालका सबै राजनीतिक पार्टीहरु स्वतन्त्र असंलग्न परराष्ट्र नीति चाहिन्छ भन्नेमा छन् । तैपनि कहिलेकाहीं असमझदारी उत्पन्न हुन्छ । त्यो पनि कसरी भने हाम्रा नेताहरु सरकारमा रहँदा एउटा कुरा गर्दछन् भने सत्ता बाहिर रहँदा अर्कै कुरा भन्छन् । विदेशसँग सम्बन्धित विषयमा त्यस्तो गर्न नहुने हो तर गर्दछन् र भ्रम उत्पन्न हुने गरेको छ । चीनले नेपालमा अमेरिकी प्रभाव बढेको देख्छ भने अमेरिकाले चीनको प्रभाव बढेको देख्छ । अमेरिकी सहयोग नियोग एमसिसी प्रकरणमा त्यो कुरा प्रष्ट देखियो । एमसिसी स्वीकार्नुको अर्थ नेपाल अमेरिकातिर झुकेको होइन । विशुद्ध सहयोग लिनु नेपालको नीति हो । नेपालले अमेरिकाको फौजी गन्ध आएको सम्झौतालाई इन्कार ग¥यो नि । जहाँसम्म वीआरआइको सम्बन्ध छ । नेपाल वीआरआइको विरोधी हैन । अहिलेको स्थितिमा ऋणको भारी बोक्नुहुन्न भन्ने यो सरकारको विचार हो । सरकारले वीआरआइको अनुदान ग्रहण गर्ने स्पष्ट पारेको छ । जहाँसम्म त्यसको ऋणको कुरा छ, त्यो ३ वर्ष ओली नेतृत्वको सरकारले पनि लिएको थिएन ।

एक चीन नीतिमा नेपाल सधैं प्रष्ट छ । नेपाली नेताहरुले जहाँ–जहिले पनि यो कुरा भन्दै आएका छन् । त्यसमा चीनका नेताहरु विश्वस्त हुनु पर्दछ । जहाँसम्म तिब्बती शरणार्थीहरुबाट चीनलाई हुने खतरा छ, त्यसमा नेपालले ती शरणार्थीलाई निगरानीमा राख्ने गरेको छ । अहिले शरणार्थीबारे कोही पनि बोलेका छैनन् । शरणार्थीले गर्दा असुरक्षाको भावना बढेकोले यसबारे बोल्नुपर्छ र शरणार्थी समस्या समाधान गर्र्नुपर्छ । नेपालमा शरणर्थीहरु रहेबसेको पनि ६ दशकभन्दा धेरै भइसक्यो । किन यसतिर सम्बन्धित देशहरुको ध्यान जाँदैन, यो प्रश्न बराबर उत्पन्न हुने गरेको छ । राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मीलगायतको ध्यान यतातिर केन्द्रित हुनुपर्दछ । पछि आएका भुटानी शरणार्थीको समस्या समाधान भयो भने पहिले आएका तिब्बती शरणर्थीतिर किन कसैको ध्यान जाँदैन । यो समस्यालाई राखी राख्दासम्म हामीले कहिल्यै जस पाउने भएनौं । यो गम्भीर कुरा हो । यस दिशातिर सम्बन्धित सबैको ध्यान आकर्षित हुनुपर्दछ भन्ने हाम्रो आग्रह रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width