नागरिकता अध्यादेशः बेमौसमी बाजा

सम्पादक
जेठ ११, २०७८

कुनै बेला नागरिकताका सवालमा निकै कडा अभिव्यक्ति दिएका थिए प्रधानमन्त्री केपी शर्मा ओलीले । रानीको जन्मोत्सवमा बाँडेको चकलेटजस्तै होइन पनि भन्न भ्याएका थिए । त्यही कारणले उनलाई मधेशी दलहरुले नजिकबाट हेरेका थिएनन् । अहिले परिस्थिति बदलियो, सत्ता टिकाउन अनेकखाले प्रपञ्च रच्नुपर्‍यो । जनता समाजवादी पार्टीका सांसदहरु जो दिनको २ पटक भारतीय राजदूताबास धाउँछन्, उनीहरुलाई मख्ख पार्नुपर्‍यो । भएको संसद विघटन गरेर ओली सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्‍यो । आखिर यो कसका लागि र किन आवश्यक थियो । अहिले कोरोनाको महामारी बढेका बेला नागरिकता बिना कसैको ज्यान जानेवाला छैन । चाहिने अक्सिजन हो, उपचार हो । हुन त कोभिड व्यवस्थापनसम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ । अरु जेसुकै भए पनि प्रधानमन्त्री ओलीले सत्ता टिकाउनकै लागि फालेको नागरिकता विधेयक ‘कार्ड’ का पछाडि ठूलै रहस्य छ ।

त्यसो त २०७३ असोज ३ मा जारी संविधानप्रति नै मधेशी दलहरुको विरोध छ । त्यसमाथि पनि उनीहरुले उठाएको सवाल नागरिकताको हो । संविधानलाई आधार मानेर बनाइएको नागरिकता ऐन अपुरो थियो । त्यहीबेलाको अपूर्णतालाई थोरै भए पनि सम्बोधन गर्न भनेर यो अध्यादेश ल्याइएको हो । नागरिकताको सवाल सबैतिर उठ्छ, सबैतिर समस्या छ । तर जहिल्यै पनि यहाँ नागरिकता भन्नेबित्तिकै भारतीय सीमावर्ती क्षेत्रको कुरा आउँछ । हो बढी समस्या छ मधेसमा । खुला सीमाना छ, वारिपारि बिहेबारी चल्छ । उताका छोरीहरु यता बुहारी बनेर आउँछन् । यताका छोरीहरु उता बुहारी बनेर जान्छन् । संसदमा ३ वर्ष पहिला नै दर्ता भइसकेको थियो नागरिकता विधेयक । तर त्यसलाई अगाडि बढाउन सबैजसो दलहरु उदासिन देखिए । अहिले आएर हठात् अध्यादेश ल्याइएको छ । त्यो पनि बाबु र आमा दुबैले नेपाली नागरिकता लिएका छन् भने उनीहरुलाई वंशजका आधारमा नागरिकता दिलाउनु यसको मुख्य उद्देश्य हो ।

नागरिकतामा भएका समस्या समाधानका लागि यो अध्यादेश पनि पूर्ण कहाँ छ र ? नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मेकाहरुले नागरिकता पाउने अवस्था अझ पनि छैन । कि त उसले बाबु बेपत्ते भनेर भन्नुपर्ने भयो, कि विवरण ढाँट्नुप¥यो । विधेयक दर्ता भएको ३ वर्षपछि ल्याइएको अध्यादेश पनि किन यति अपुरो ? यसको प्रष्ट कारण छ, नेपालीले झेलेको नागरिकता समस्या सल्टाउने यो सरकारको चाहना न होइन । मधेशी दललाई देखाइएको ललिपपमात्र हो यो । तसर्थ केबल देखाउनका लागि होइन कि समस्या समाधानकै लागि सरकार तत्पर हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width