मुलुक डुबाउने खेल रोक

सम्पादक
चैत्र ३०, २०७७

नागरिकका अधिकार स्थापित गराउने भनेर ल्याइएको संघीयतामाथि कालो बादल मडारिएको छ । नागरिकमा निराशा छाएको छ । राजनीति दलका नेताहरु अहिले खोपी बैठकमा व्यस्त छन् । सत्ता टिकाउने र गिराउने खेल अहिले भित्रभित्रै चलेको छ । भन्ने बेलामा नेताहरु नागरिकको अधिकारका लागि भन्छन्, तर सत्ताको स्वाद चाख्न पल्केका दल र दलका नेताहरुकै कारण यो मुलुक फेरि अर्को दुर्घटनामा पर्दै छ । अनि तुसारापात हुँदै छ, लाखौं युवाको सपना अनि धकेलिँदै छ विकास झन्भन्दा झन् पछि । नागरिक अधिकारको मन्त्र जप्न नभुल्ने नेताको मन मस्तिष्कमा कहिल्यै जनता, समृद्धि र राजनीतिक स्थायित्वले ठाउँ पाएन । भन्न त भन्छन्, जनतालाई केन्द्रमा राखेर राजनीतिमा होमिएका छौं भनेर तर यो केबल भन्नका लागि मात्रै हो ।

२०७२ को संविधान कार्यान्वयनकै सिलसिलामा ३ तहका निर्वाचन भए । सिंहदरबारको अधिकार आँगनमै पुगेको पनि भनियो । केही हदसम्म हो पनि । स्थानीय सरकार आफैँ अधिकार सम्पन्न भए । बीचमा समन्वयकारी भूमिकाका लागि प्रदेश संरचना पनि छ । तर बिडम्बना रातोदिन संघीयताको नारा खोक्ने नेताहरु नै संघीयतालाई कमजोर बनाउने खेलमा लागेका छन् । पहिलो त अधिकारजति केन्द्रमै राख्न खोज्नेहरुको बाहुल्य रह्यो । दोस्रो, यो संघीयतालाई संस्थागत गर्ने दायित्व बहन गर्न कोही पनि तयार भएन । त्यसैकारण यो व्यवस्था नै अलपत्र पर्छ कि भन्ने अवस्था आइसकेको छ । पुस ५ मा केपी ओलीले प्रतिनिधि सभा भंग गरेयता त झनै अन्योल सिर्जना भएको छ ।

एकपछि अर्को रुपमा सिर्जना भएका घटनाक्रम हेर्ने हो भने मुलुक अब कुन दिशामा जाने हो अनुमानै गर्न नसकिने अवस्था छ । संघ प्रदेश र स्थानीय तहमा साविक नेकपाकै बाहुल्य छ । सर्वोच्चको आदेशपछि नेपका फेरि पुरानै अवस्थामा फर्केका छन् । त्यसपछि त झनै राजनीतिक अस्थिरता बढेको छ । संघमा त सरकार गिराउने र बनाउने खेल चलेकै छ । त्यसको बाछिटा अहिले प्रदेश तहमा समेत ओर्लेको छ । गण्डकी प्रदेशमा पनि अहिले यही खेल चलेको छ । आउने वर्षका लागि बजेट बनाउने बेलामा सरकार गिराउने र बनाउने खेल सुरु हुनु बिडम्बनापूर्ण छ । केन्द्रमा केपी ओली र प्रचण्डको स्वार्थ नमिलेकै कारण अस्थिरता सिर्जना भएको हो । केन्द्रको अस्थिरताको असर प्रदेशमा पर्नु आवश्यक नै छैन । व्यवस्थालाई अस्थिर बनाउनु भनेको गम्भीर राजनीतिक गल्ती दोहो¥याउनु हो । बारम्बारका आन्दोलनका उपलब्धि संस्थागत गर्न देश र जनतालाई सम्झेर दलहरु गम्भीर हुनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width