भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै आफ्नो पार्टीको चुनावी भाषणको क्रममा भारत सरकारले लिपुलेका भएको बाटो चक्ल्याउने कुरा बताएपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया व्यक्त भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो । त्यो नेपाली भूभागलाई भारतीय सुरक्षा सैनिकहरुले जबर्जस्ती कब्बा गरिराखेका छन् । भारत सरकारले ती क्षेत्रहरुलाई आफ्नो नक्सामा देखाएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यो विरोधको कदर गरेर सरकारले संसदबाट पारित गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेको थियो । सरकार ती क्षेत्रलाई आफ्नो भूभागमा राखेर भारतसँग त्यसबारे वार्ता गर्न पत्र लेखेको थियो । त्यसबेला भारतले कोभिड–१९ को महामारीका कारण बैठक सम्भव नभएको बताएको थियो ।
नेपाली ती विवादित भूमिबारे यथाशीघ्र वार्ता गर्न चाहेको छ । त्यसको जानकारी भारत सरकारलाई पठाइसकिएको पनि छ । तर भारत वार्तालाई पन्छाउँदै छ । एकातिर त्यसले वार्ता गर्न चाहिरहेको छैन भने अर्कोतिर ती क्षेत्रमा आपूm खुसी भौतिक पूर्वाधार तयार गर्दै छ । विवादित क्षेत्रमा केही गर्न परे त्यसले नेपालसँग परामर्श लिनुपर्दछ । तर त्यसले त्यसो गरेको छैन । त्यसले आपूm खुसी प्रयोग गरिरहेको छ । यो त्यसको मिचाहापनको नमूना हो ।
भारतको यस्तै मिचाहापनले गर्दा नेपालमा भारतको प्रभाव नराम्रो हुँदै गएको छ । या अर्को शब्दमा भन्ने हो भने भारतको नेपालसम्बन्धी नीति असफल भएको छ । भारतीय नीति निर्माताहरुले भारतले नेपाललाई यत्ति धेरै सहयोग गरेको छ, तैपनि नेपालीहरुले भारतलाई किन गराउँदैन भनी भन्ने गर्दछन् । भारतका एकजना कुटनीतिज्ञले लेखेको किताबमा पनि त्यो प्रश्न गरिरहेको छ । किताबमा प्रधानमन्त्री मोदी आफंैले त्यो कुटनीतिक व्यक्तिसँग त्यो प्रश्न सोधेको उल्लेख छ । भारतका नीति निर्माताहरुबीच भएको त्यो कुराले उनीहरुलाई नेपालबारे यथार्थ कुरा थाहा नै नभएको देखिन्छ । निश्चय नै नेपालमा भारतको प्रभाव राम्रो छैन । यो हामी पनि भन्छौं तर उनीहरुले किन भनेर प्रश्न सोध्नु पर्दथ्यो । किन भनेर प्रश्न सोधिएमा त्यसको जवाफले वास्तविकता छर्लंग हुन्थ्यो । नेपालीहरुले भारतीयहरुले आपूmसँग समानताको व्यवहार गरोस्, थिचोमिचो नगरोस् र विवादास्पद समस्याको छिटो समाधान गरोस् भन्ने चाहन्छन् । दुई देशबीचको सन्धिसम्झौताको पुनरावलोकन गरी प्रबुद्ध व्यक्तिहरुले तयार गरेको प्रतिवेदनसमेत भारतले बुझेको छैन । यस्तो व्यवहारवारे के नेपालीहरु भारतसँग खुसी हुन सक्छन् ? हामी सोध्न चाहन्छौं, यस्तो व्यवहार भारतले किन गर्दछ ? समय धेरै अगाडि बढेको छ । दुई देशबीचको सम्बन्ध पनि समयानूकूल हुनुपर्दछ । विवादको छिनोफानो छिटो हुनुपर्दछ । कानमा तेल हालेर बस्ने बेला यो होइन ।
Related News
सम्बन्धित समाचार
नागरिकताबारे बढ्दो विवाद
परराष्ट्रमन्त्री खड्काको सफल चीन भ्रमण
चुनावमा गठबन्धनको आकर्षण
महिलाका लागि ५० प्रतिशत माग
परराष्ट्रमन्त्री खड्काको चीनमा व्यस्त कार्यक्रम
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९