लगानी वातावरण र लगानीकर्ताको कथा

सम्पादक
असार २१, २०७९

गण्डकी प्रदेश सरकारको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको समन्वयमा अन्नपूर्ण गाउँपालिका स्थिति लुम्ले कृषि अनुसन्धान केन्द्रमा लगानीकर्ताको सम्मेलन भएको थियो । लुम्ले कृषि अनुसन्धान केन्द्रमा धेरै सम्मेलन, गोष्ठी आदि हुने गरेका छन् । तर यो गोष्ठीले ३ दशक पहिलेको एउटा महत्वपूर्ण गोष्ठीलाई सम्झाएको छ । जुन गोष्ठी योजना आयोगका तात्कालीन अध्यक्ष पृथ्वीराज लिगलको उपस्थितिमा भएको थियो । राष्ट्रिय अर्थतन्त्रको सम्बन्धमा भएको त्यो गोष्ठीलाई बडो महत्वका रुपमा हेरिएको थियो । त्यसबेला पञ्चायती व्यवस्थाको अन्तपछि प्रजातन्त्रको पूनर्बहाली भएको थियो । त्यसबेला अर्थतन्त्र खुला थिएन । हरेक कुरा दरबारको नियन्त्रणमा थियो । अर्थतन्त्रलाई नियन्त्रित र निर्देशित गरिराख्ने कि खुला बजार अर्थतन्त्रको नीति अपनाउने भन्ने सम्बन्धमा विशुद्ध विचार विमर्श भएको थियो । गोष्ठीले खुला बजार अर्थनीतिको पक्षमा सरकारलाई सिफारिस गरिएको थियो ।

लुम्लेमा त्यस्तै गोष्ठी या लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन गरिएको रहेछ । त्यसबेला सरकारले शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा यस्तो खुला र उदारनीति अपनाएको थियो कि ती क्षेत्रमा लगानी ओइरिएको थियो । जसको परिणाम शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा देशले फड्को मारेको थियो । त्यसपछि देशको वातावरण त्यत्ति राम्रो भएन । माओवादी जनयुद्धले गर्दा उद्योगधन्दा, कल कारखाना, प्रतिष्ठानमा बन्द हड्ताल र आगजनीहरु भए । लगानीकर्ताहरु लगानी गर्न हिच्किचाए । अहिले देशमा यस्तो स्थिति बनेको छ कि सरकारले सधैं लगानीकर्तालाई लगानी गर्न आह्वान गर्ने गरेका छन् भने लगानीकर्ता आफू लगानी गर्न तयार भएको जनाउँदै वातावरण अनुकूल बनाउन सरकारलाई भन्दै छन् । दशौं वर्षदेखि सरकार र लगानीकर्ताबीच यही अवस्था निरन्तर जारी रहेको छ ।

अहिलेको लगानीकर्ता सम्मेलनमा पनि नेपाल उद्योग वाणिज्य महासंघ र लगानीकर्ताले सरकारले अनुकूल वातावरण सिर्जना गरिदिएमा गण्डकी प्रदेशमा ठूलो लगानीकर्तालाई ल्याउन सकिने उल्लेख गरेका छन् । गोष्ठी आदिमा सरकारका प्रतिनिधिहरुले पनि अनुकूल वातावरण निर्माण गर्न वचनबद्ध भएको कुरा बताउने गर्दछन् । सरकार अनुकूल वातावरण बनाउन तयार छ भने लगानीकर्ताहरु लगानी गर्न तयार छ । तर न लगानीकर्ताले सरकारले अपेक्षा गरेअनुसार लगानी गर्छन्, न कि सरकारमा बस्नेहरुले व्यवसायीले भनेजस्तै गरी ऐन नियममा संशोधन गर्दछन् । लगानीकर्तालाई एकद्वार प्रणालीमा सबै सेवा उपलब्ध गर्ने गराउने भनेको दशकौं बितेको छ, तर त्यो एउटा निर्णय पनि आजसम्म कार्यान्वयन भएको छैन । तर यसमा सरकारमा बस्नेहरु कोही गम्भीर छैनन् । उनीहरु लगानीकर्तालाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने कुरा त गर्छन्, तर रातो कार्पेटभित्र किल्लाहरु ठड्याएर राखेको देख्न सकिँदैनन् । जसले गर्दा लगानी बढाएर उद्योग धन्दाको विकास गर्ने र उत्पादन बढाएर आत्मनिर्भर गर्ने कुरा नारामा मात्र सीमित भएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width